प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता : मुगु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
४८ पटक हेरिएको
Shares
प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता : मुगु

सारांश

  • गमगढी: जिल्लाका सरकारी कार्यालयहरुले आर्थिक वर्ष २०७३/०७४ का लागि प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता भएको छ।
  • जिल्लाका सरकारी कार्यालयहरुलाई प्राप्त भएको चालूतर्फको खुद बजेट १ अर्व ८४ करोड २५ लाख २७ हजार ३ सय ६० मध्य असार मसान्तसम्म १ अर्व ६१ करोड ९५ लाख ७२ हजार ६८ रुपैयाँ मात्र खर्च भई २२ करोड २९ लाख ६५ हजार २ सय ९२ फिताए भएको हो।
  • त्यस्तै पुजिगत तर्फ खुद बजेट ६९ करोड ९० लाख ११ हजार ५ सय २८ मध्य ५६ करोड ३६ लाख ५ हजार ७ सय ११ रुपैया मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनजानकारी दिएको छ।

गमगढी: जिल्लाका सरकारी कार्यालयहरुले आर्थिक वर्ष २०७३/०७४ का लागि प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता भएको छ।

जिल्लाका सरकारी कार्यालयहरुलाई प्राप्त भएको चालूतर्फको खुद बजेट १ अर्व ८४ करोड २५ लाख २७ हजार ३ सय ६० मध्य असार मसान्तसम्म १ अर्व ६१ करोड ९५ लाख ७२ हजार ६८ रुपैयाँ मात्र खर्च भई २२ करोड २९ लाख ६५ हजार २ सय ९२ फिताए भएको हो।

त्यस्तै पुजिगत तर्फ खुद बजेट ६९ करोड ९० लाख ११ हजार ५ सय २८ मध्य ५६ करोड ३६ लाख ५ हजार ७ सय ११ रुपैया मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनजानकारी दिएको छ।

फिर्ता भएको कुल रकम ३६ करोड १६ लाख ११ हजार १ सय ९ रुपैयाँ मध्य स्वास्थ्य कार्यालयको चालु खर्च तर्फ एक करोड १९ लाख ३ हजार १८ रुपैयाँ र पुजिगत तर्फ १४ लाख १५ हजार रकम फिर्ता भएको छ । जिल्ला समन्वय समितिको चालु तर्फ १ करोड ३२ लाख ४९ हजार ३ सय ६६ फिर्ता गएको छ भने पूँजिंगत तर्फ ६६ लाख ८४ हजार ३० रुपैया फिर्ता गएको छ।

जिल्लाको लागि आउने बजेट अन्तिम चौमासिकमा मात्र निकासा भई आउने अधिकांश सरकारी कार्यालयमा कर्मचारी नबस्ने, उपभोक्ताले काम पनि ढिलो गर्ने तथा ठुलो परिमाणको बजेट पनि आर्थिक वर्ष सकिने बेला केन्द्रबाट आउने गरेकाले पनि बजेट खर्च हुन नसकेर फिता जाने गरेको कोष नियन्त्रक नन्दप्रसाद पाण्डेले जानकारी दिनु भयो।

कतिपय सरकारी कार्यालयहरुद्वारा सञ्चालित विकास निर्माणका योजनाहरु आर्थिक वर्ष सकिए पनि काम नसकिने र त्यस्ता योजनाको रकम सम्बन्धित कार्यालयले उपभोक्ता समितिको खातामा हाल्ने तर खर्च गर्न रोक लगाउने प्रबृत्ति पनि बढ्दै गएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी मुद्राको विनिमय दर कति छ ?
विदेशी मुद्राको विनिमय दर कति छ ?
इञ्जिनियर फिर्ता हुँदा पुनः सर्भेक्षण प्रभावित
इञ्जिनियर फिर्ता हुँदा पुनः सर्भेक्षण प्रभावित
चक्रवातका कारण आठ जनाको मृत्यु
चक्रवातका कारण आठ जनाको मृत्यु
ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित
ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित
1xBet Azerbaycan Qeydiyyat Mobi AZ Yukle Elaqe Nomresi 61 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
वामदेवलाई फेरि धोका, राष्ट्रियसभामा उनको साटो युवराज खतिवडाको नाम
वामदेवलाई फेरि धोका, राष्ट्रियसभामा उनको साटो युवराज खतिवडाको नाम
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
यसरि रोक्नुहोस सेक्स गर्दा छिटो विर्य झर्ने समस्या
यसरि रोक्नुहोस सेक्स गर्दा छिटो विर्य झर्ने समस्या
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न  महानगर र  वियोन्डबीच सम्झौता
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न महानगर र वियोन्डबीच सम्झौता
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु