बारामा एक अर्बको चैतेधान उत्पादन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
बारामा एक अर्बको चैतेधान उत्पादन

सारांश

  • कलैया, २० साउन ।
  • बारामा आर्थिक वर्ष २०७३÷७४ मा रु एक अर्ब नौ करोड ९४ लाख १३ हजार बराबरको ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।
  • जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरका अनुसार कोल्हनी, नरही, बरियापुर, पकडिया, सिम्रौनगढ, रामपुरा, सपहीका कृषकले नौ हजार ६९५ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, स्थानीय कुरिया र बगही जातको चैतेधान खेती गरी ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।

कलैया, २० साउन । बारामा आर्थिक वर्ष २०७३÷७४ मा रु एक अर्ब नौ करोड ९४ लाख १३ हजार बराबरको ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरका अनुसार कोल्हनी, नरही, बरियापुर, पकडिया, सिम्रौनगढ, रामपुरा, सपहीका कृषकले नौ हजार ६९५ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, स्थानीय कुरिया र बगही जातको चैतेधान खेती गरी ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।

उत्पादित चैतेधान अहिले बजारमा प्रतिक्विन्टल रु दुई हजार एक सयका दरले बिक्री भइरहेको छ । चैतेधान खेती गर्न सरकारले कृषकलाई बीमाको ७५ प्रतिशत र खेतीका लागि प्रतिहेक्टर रु पाँच हजार अनुदान दिने व्यवस्था गरेको छ । आव २०७२÷७३ मा कृषकले नौ हजार ६९० हेक्टर जग्गामा विभिन्न जातको चैतेधान खेती गरी ५१ हजार ८४१ मेट्रिक टन धान उत्पादन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?