बिजुक्छेबाट मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
१८५ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, ३१ वैशाख ।
  • नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका– ३ स्थित विद्यार्थी निकेतन मतदान केन्द्रबाट आज बिहान ७ बजे मतदान गर्नुभएको छ ।
  • त्यसैगरी पूर्वसांसद एवम् नेमकिपाबाट भक्तपुर नगरपालिका प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नगरपालिका– ८ ख्वप इन्जिनियरिङ कलेज मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

भक्तपुर, ३१ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका– ३ स्थित विद्यार्थी निकेतन मतदान केन्द्रबाट आज बिहान ७ बजे मतदान गर्नुभएको छ ।

त्यसैगरी पूर्वसांसद एवम् नेमकिपाबाट भक्तपुर नगरपालिका प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नगरपालिका– ८ ख्वप इन्जिनियरिङ कलेज मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार अष्टकुमार कवेँले बिहान ८ बजे लोकहन्थली स्वास्थ्यचौकी मतदान केन्द्रबाट र नेकपा(एमाले)बाट प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले थिमि बालकुमारी केन्द्रबाट मतदान गर्नुभएको छ ।

जिल्लाका ७८ मतदानस्थलका १९१ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रजिअ द्रोण पोखरेलले जानकारी दिनुभयो । जिल्लामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, सुत्ेकरीलगायत मतदाताले पनि उत्साहका साथ मतदानमा सहभागी भएर मतदान गरिरहेका छन् ।

एक मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसमेत गरेर १५ देखि २० जनाको सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । नेपाली सेना र प्रहरीको टोलीले आधा घन्टाको फरकमा मतदान केन्द्रका सवारी गस्तीसमेत गरिहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा सत्तारुढ दलको बैठक : मन्त्रिपरिषद् विस्तारबारे छलफल
बालुवाटारमा सत्तारुढ दलको बैठक : मन्त्रिपरिषद् विस्तारबारे छलफल
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
प्यूठानमा दिउसो १ बजे देखि मतगणना सुरु हुने
प्यूठानमा दिउसो १ बजे देखि मतगणना सुरु हुने
राष्ट्रियसभा पूर्ण एकल संक्रमणीय नहुने
राष्ट्रियसभा पूर्ण एकल संक्रमणीय नहुने
केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी
केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी
गभर्नरको योग्यतालाई लिएर सर्वोच्चमा रिट
गभर्नरको योग्यतालाई लिएर सर्वोच्चमा रिट
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा
बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच गम्भीर छलफल
बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच गम्भीर छलफल
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…

तपाईंले छुटाउनुभयो कि?