भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०७४
|
|
३९ पटक हेरिएको
Shares
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित

सारांश

  • काठमाडौं, जेठ १७ – नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
  • भरतपुरमा स्थगित भएको मतगणना सुरु गर्नुपर्ने माग गर्दै एमालेले संसद बैठक चल्न नदिएको हो ।
  • एमाले नेता सुरेन्द्र पाण्डेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने बताउँदै तत्काल मतगणना सुरु गर्न माग गर्नुभयो ।

काठमाडौं, जेठ १७ – नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भरतपुरमा स्थगित भएको मतगणना सुरु गर्नुपर्ने माग गर्दै एमालेले संसद बैठक चल्न नदिएको हो ।

एमाले नेता सुरेन्द्र पाण्डेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने बताउँदै तत्काल मतगणना सुरु गर्न माग गर्नुभयो । हार्ने अवस्थामा पुगेपछि माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेर जनमतमाथि बलात्कार गरेको नेता पाण्डेको आरोप थियो ।

उहाँले यस्तै गरी हार्ने अवस्थामा पुगेपछि मतपत्र च्यात्ने हो भने देशैभरिको मत परिणाम सार्वजनिक नहुने र पाँच वर्षसम्म चुनाव भइरहने बताउनुभयो ।

मतगणना सुरु नगरी मतदान गर्ने निर्णय गरिए एमाले आफैले देवी ज्ञवाली मेयरमा निर्वाचित भएको घोषणा गरी अघि बढ्न वाध्य हुने पाण्डेको भनाई थियो । संसदमा आज अस्ति सोमबार प्रस्तुत गरिएको बजेटमाथि छलफल हुने कार्यसूचि थियो ।

(https://www.saasgenius.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ