भोकाएको बाख्राले क्वाप्पै खाइदियो मालिकको एक लाख,,

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
भोकाएको बाख्राले क्वाप्पै खाइदियो मालिकको एक लाख,,

सारांश

  • आफ्नो बाख्रालाई घाँस नखुवाई भोकै राख्नु एकजना मानिसलाई निकै महंगो परेको छ ।
  • भारतको उत्तरप्रदेशस्थित कन्नौज जिल्लामा एकजना किसानले पालेको बाख्राले आफ्नै मालिकको गोजीबाट थुतेर ६६ हजार भारु अर्थात् झण्डै एक लाख रुपैयाँ खाइदियो ।
  • स्थानीय सर्वेस कुमारले आफ्नो घर बनाउनका लागि इँटा खरीद गर्न उक्त पैसा जम्मा गरेका थिए र इँटा किन्न जानका लागि पैसा गोजीमा राखेका थिए ।

आफ्नो बाख्रालाई घाँस नखुवाई भोकै राख्नु एकजना मानिसलाई निकै महंगो परेको छ । भारतको उत्तरप्रदेशस्थित कन्नौज जिल्लामा एकजना किसानले पालेको बाख्राले आफ्नै मालिकको गोजीबाट थुतेर ६६ हजार भारु अर्थात् झण्डै एक लाख रुपैयाँ खाइदियो ।

स्थानीय सर्वेस कुमारले आफ्नो घर बनाउनका लागि इँटा खरीद गर्न उक्त पैसा जम्मा गरेका थिए र इँटा किन्न जानका लागि पैसा गोजीमा राखेका थिए । गोजीमा पैसा राखेको पाइन्ट बाख्राको नजिकै झुण्डाएर उनले नुहाउन थालेछन् । त्यसबीचमा बाख्राले उनको गोजीको पैसाको बिटो थुतिदिएछ, उनलाई पत्तै भएन ।

जब नुहाइसकेपछि लुगा लगाउन उनी लुगा झुण्डाएको ठाउँतर्फ पुगे तब उनले बाख्राले घाँसजस्तै गरी पैसा चपाइरहेको देखे । २ हजार भारुका ३३ वटा नोटको बिटो बाख्राले खाइरहेको थियो । उनले केवल २ वटा नोट मात्र बचाउन सकने । अरु ३१ वटा नोट बाख्राले चपाइवरी निलिसकेको थियो ।

आफ्नै मूल्यभन्दा कैयौँ गुणा धेरै मालिकको पैसा चपाइदिएपछि उक्त बाख्रो एकाएक सेलिब्रेटी बनेको छ । उक्त बाख्रालाई हेर्न भन्दै स्थानीय मानिसहरु सर्वेसकहाँ पुग्ने गरेका छन् ।

उनलाई कतिपयले पशु चिकित्सककोमा गएर बान्ता गर्ने औषधि खुवाएर पैसाका नोट बान्ता गराउने सल्लाह दिए भने कतिपयले बाख्रालाई अपराधीको रुपमा पुलिसकोमा बुझाइदिने सल्लाह दिए । तर सर्वेस र उनकी पत्नीचाहीँ आफ्नो घरपालुवा बाख्रोप्रति क्रुर बन्न सकेनन् । साँच्ची उनीहरु उक्त बाख्रोलाई सन्तानजस्तै माया गर्दछन् ।
एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाउन्सरको दादागिरी, मरणासन्न हुने गरी कुटिन्छन् ग्राहक, प्रहरी मुकदर्शक
बाउन्सरको दादागिरी, मरणासन्न हुने गरी कुटिन्छन् ग्राहक, प्रहरी मुकदर्शक
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
विद्यालय कर्मचारीको अनशन जारी
विद्यालय कर्मचारीको अनशन जारी
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
भेनेजुएलाबारे दाहालको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा
भेनेजुएलाबारे दाहालको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा
चार करोड खर्च गरेर ललितपुर महानगरले ल्यायो दुईवटा ब्रुमर
चार करोड खर्च गरेर ललितपुर महानगरले ल्यायो दुईवटा ब्रुमर
एकीकृत भन्सारको भवन निर्माणले गति लियो
एकीकृत भन्सारको भवन निर्माणले गति लियो
राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ?
राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ?
विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल
विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

तपाईंले छुटाउनुभयो कि?