मुलढोकाको ताल्चा फुटाई महादेव मन्दिरमा चोरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २८, २०७३
|
|
१६९ पटक हेरिएको
Shares
मुलढोकाको ताल्चा फुटाई महादेव मन्दिरमा चोरी

सारांश

  • सुर्यविनायक नगरपालीका–१३ साँगा स्थित रहेको महादेव मन्दिरमा चोरी भएको छ ।
  • मन्दिरको मुलढोकाको ताल्चा फुटाई मन्दिरमा रहेको चाँदीको नागको मुर्ति र नाग माथी लगाएको चाँदीको मुकुट चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
  • उक्त मन्दिरमा करिब चार केजी चाँदी अन्दाजी पाँच लाख बराबरको चोरी भएको प्रसाईले बताए ।

सुर्यविनायक नगरपालीका–१३ साँगा स्थित रहेको महादेव मन्दिरमा चोरी भएको छ ।

मन्दिरको मुलढोकाको ताल्चा फुटाई मन्दिरमा रहेको चाँदीको नागको मुर्ति र नाग माथी लगाएको चाँदीको मुकुट चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । उक्त मन्दिरमा करिब चार केजी चाँदी अन्दाजी पाँच लाख बराबरको चोरी भएको प्रसाईले बताए ।

उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटाई प्रारम्भिक अनुसन्धान गरिएको छ । थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।

(cashcofinancial.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?