मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत

सारांश

  • मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत गरिएको छ ।
  • खानेपानी सचिव गजेन्द्र ठाकुरले नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदार कम्पनीको खाताबाट ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराएका हुन् ।
  • ठेकेदार कम्पनी पुनः काम गर्न आउला भन्ने आशा भइरहेका बेला सचिव ठाकुरको यो कार्यले मेलम्ची खानेपानी आयोजना झन अन्योलतातर्फ धकेलिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत गरिएको छ । खानेपानी सचिव गजेन्द्र ठाकुरले नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदार कम्पनीको खाताबाट ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराएका हुन् ।

ठेकेदार कम्पनी पुनः काम गर्न आउला भन्ने आशा भइरहेका बेला सचिव ठाकुरको यो कार्यले मेलम्ची खानेपानी आयोजना झन अन्योलतातर्फ धकेलिएको छ ।

खानेपानी सचिव र आयोजना प्रमुखले समयमै भुक्तानी गरेको भए मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीले आगामी माघ २७ गते मेलम्ची खोलामा अस्थायी बाँध बाँधेर काठमाडौंमा पानी ल्याउने तयारी थालेको थियो ।

तर, खानेपानी सचिव र आयोजना प्रमुखका कारण ठेकेदारले पाउनुपर्ने कानुनी रकम ३६ करोड रुपैयाँ नदिइएपछि आयोजनाको काम अन्योलता तर्फ धकेलिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?