यसकारण प्रधानमन्त्री र मन्त्रीले अपांगता भएकालाई भर्ना गर्न सकेनन्,

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यसकारण प्रधानमन्त्री र मन्त्रीले अपांगता भएकालाई भर्ना गर्न सकेनन्,

सारांश

  • प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे ।
  • शिक्षा कार्यालय मुगुले १६ बालबालिका ९ छात्र र ७ छात्रालाई भर्ना गराउन राताताल किनारमा भेला पारेको थियो ।
  • तीमध्ये एक थिए, छायानाथ धारा नगरापकिला ६ का अपांगता भएका सात बर्षीयाम पुन्नबहादुर कुलाल ।

प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे ।

शिक्षा कार्यालय मुगुले १६ बालबालिका ९ छात्र र ७ छात्रालाई भर्ना गराउन राताताल किनारमा भेला पारेको थियो । तीमध्ये एक थिए, छायानाथ धारा नगरापकिला ६ का अपांगता भएका सात बर्षीयाम पुन्नबहादुर कुलाल ।

प्रधानमन्त्री र मन्त्रीले १५ जनालाई पायक पर्ने विद्यालयमा भर्ना गराए । ६ बर्षीया थिल्नेसाङ तामाङलाई प्रधानमन्त्री ओलीले बुद्ध माविमा भर्ना गरे ।

छात्राको अभिभावकत्व गहणको पुस्तिकामा हस्ताक्षर गर्दै उनले तामाङलाई पोसाक र पुस्तकसमेत प्रदान गरे ।

प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमै छेरिङ छोन्तोम लामालाई भर्ना गराईन । तर, कार्यक्रममा ल्याईएका कुलालाई कसैले भर्ना गर्न सकेनन् । कारण थियो, अपांगता । अपांगता भएका विद्यार्थीलाई पढाउने विद्यालय मुगुमा छैन ।

विद्यालयमा उनलाई आवश्यक पर्ने संरचना नभएकाले भर्ना गर्न नसकिएको शिक्षामन्त्री पोखरेलले बताए ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    दिल लामा

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’   बाबुराम भट्टराई ।
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ बाबुराम भट्टराई ।
मन्त्री पराजुलीले मलाई भन्नुभएको थियो–तपाईको दुर्भाग्य, तर भइदियो उल्टो
मन्त्री पराजुलीले मलाई भन्नुभएको थियो–तपाईको दुर्भाग्य, तर भइदियो उल्टो
काठ्माडाैमा अार्ट एक्जिबेसन हुने
काठ्माडाैमा अार्ट एक्जिबेसन हुने
चितवन प्रहरी प्रमुखमा सुशील राठौर !
चितवन प्रहरी प्रमुखमा सुशील राठौर !
‘मधेशी नागरिकसँगको मेराे प्रेम सच्चा छ’: प्रचण्ड
‘मधेशी नागरिकसँगको मेराे प्रेम सच्चा छ’: प्रचण्ड
एक हजार एक सय नौ जनालाई संविधानसभा पदक
एक हजार एक सय नौ जनालाई संविधानसभा पदक
भदौ ८ गते आइतबारको राशिफल यस्तो छ
स्कुटर दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
स्कुटर दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली

तपाईंले छुटाउनुभयो कि?