यस्तो छ प्रधानमन्त्री देउवाले छानेका ३० मन्त्रीहरुको नामावली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
५० पटक हेरिएको
Shares
यस्तो छ प्रधानमन्त्री देउवाले छानेका ३० मन्त्रीहरुको नामावली

सारांश

  • काठमाडौं ।
  • तत्काललाई संविधान संशोधन प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेका छन् ।
  • असारभित्रै संशोधन प्रस्ताव पारित गराउने सरकारले तयारी गरेको थियो ।

काठमाडौं । तत्काललाई संविधान संशोधन प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेका छन् । असारभित्रै संशोधन प्रस्ताव पारित गराउने सरकारले तयारी गरेको थियो ।

तर संशोधन प्रस्तावमा एमाले, राप्रपा लगायतका दलहरु सकारात्मक नभएपछि तत्काललाई संशोधन प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीच आन्तरिक सहमति भएको छ ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार कांग्रेसले अब ९ जनालाई मन्त्री बनाएर पठाउने अन्तिम तयारी गरेको छ। देउवाको तर्फबाट यसअघि नै तीन जना मन्त्री बनिसकेका छन् । जसमध्ये गोपालमान श्रेष्ठ उपप्रधान एवम् शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्ला मन्सुर श्रम मन्त्री बनिसकेका छन् ।

कांग्रेसबाट को–को मन्त्री बन्दैछन् ?

अम्बिका बस्नेत, मीन कुमार विश्वकर्मा, ललितजंग शाही, भीष्म आड्दाम्बे (देउवाबाट)

बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी (रामचन्द्र पौडेल समूहबाट)

भीमसेनदास प्रधान (सिटौला समूहबाट), मोहन बस्नेत (खुमबहादुर खड्का समूहबाट)

त्यस्तै निवर्तमान दिपक खड्का ( डा. शंशाक कोइरालाबाट)

माओवादी केन्द्रबाट को को मन्त्री बन्दैछन् ?

महेन्द्र बहादुर शाही, श्याम कुमार श्रेष्ठ, सन्ध्या चौधरी, रामनारायण विडारी र (सिता नेपाली र गिरिराजमणि पोखरेलमध्ये एकजना) जना मन्त्री बन्ने पक्का भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आउने आईतबार वा सोमबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिसकेका छन् ।

त्यस्तै देउवाले राप्रपालाई ४ वटा मन्त्रालय, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई ३, कुमार खड्का र प्रेमबहादुर सिंहलाई १–१ वटा र हरिचरण साहलाई पनि १ मन्त्रालय दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा बैठक : अध्यक्ष दाहालको छुट्टै प्रस्ताव
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी
विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
सप्तकोशीमा ट्रक खस्दा  २ को मृत्यु, ७ जना घाइते
सप्तकोशीमा ट्रक खस्दा २ को मृत्यु, ७ जना घाइते
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
माओवादी, रास्वपा र एसले ओलीलाई विश्वासको मत नदिने
माओवादी, रास्वपा र एसले ओलीलाई विश्वासको मत नदिने
२०२४(ओएफसी) एक-दिनेफेमिनिस्ट कन्फेरेन्स सम्पन्न
२०२४(ओएफसी) एक-दिनेफेमिनिस्ट कन्फेरेन्स सम्पन्न
रामचन्द्र गुटको भेलामा शेरबहादुरको विरोध, पौडेलले भने- देउवाबाट अब पार्टी चल्दैन