यातायातमा नाराबाजी गर्दै तालाबन्दी…

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
१६ पटक हेरिएको
Shares
यातायातमा नाराबाजी गर्दै तालाबन्दी…

सारांश

  • श्रावण ४, २०७४- यातायात व्यवस्था विभागको लापरबाहीका कारण स्मार्ट लाइसेन्सको सर्भरमा पटक–पटक खराबी आउने गरेको छ ।
  • विभागले सर्भरको क्षमता निकै कम भएको भनी वर्षौंअघि सुधार्ने बताएको थियो तर हालसम्म सुधार गर्नमा चासो नदिँदा बेलाबेलामा सर्भर डाउन हुने गरेको छ ।
  • यसको विरोधमा सेवाग्राहीले मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वाग्मती एकान्तकुनामा नाराबाजी गर्दै तालाबन्दी गरेका छन् ।

श्रावण ४, २०७४- यातायात व्यवस्था विभागको लापरबाहीका कारण स्मार्ट लाइसेन्सको सर्भरमा पटक–पटक खराबी आउने गरेको छ । विभागले सर्भरको क्षमता निकै कम भएको भनी वर्षौंअघि सुधार्ने बताएको थियो तर हालसम्म सुधार गर्नमा चासो नदिँदा बेलाबेलामा सर्भर डाउन हुने गरेको छ । यसको विरोधमा सेवाग्राहीले मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वाग्मती एकान्तकुनामा नाराबाजी गर्दै तालाबन्दी गरेका छन् । तालाबन्दीपछि कर्मचारीहरू कार्यालयभित्रै थुनिएका थिए ।
उनीहरूले कार्यालयको स्मार्ट कार्ड सिस्टममा पटक–पटक खराबी आई कामकाज प्रभावित हुने गरे तापनि समस्या समाधान गर्न चासो नदिएको भन्दै होहल्ला, गालीगलौज गरी कार्यालय घेराउ र केहीबेर चक्रपथसमेत अवरोध गरे । कार्यालयमा हूल नियन्त्रण गर्न आएका प्रहरी र सेवाग्राहीबीच झडपसमेत भयो । सोमबार पनि प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वाग्मतीका प्रमुख तेजनारायण यादवले सिस्टममा देखिएको कमीकमजोरीलाई सुधार गर्न विभागलाई पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दा पनि चासो नदिएको गुनासो गरे । ‘विभागले समस्या समाधान गर्न गम्भीरता कहिल्यै लिएन,’ उनले भने, ‘सेवाग्राहीले कर्मचारीलाई हातपात गरेमा कसले जिम्मेवारी लिने ?’
उनले ७ गतेसम्म कार्यालयबाट दिँदै आएको सम्पूर्ण सेवा बन्द हुने जनाए । यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले सर्भरमा आएको खराबी समाधान गर्न कोसिस भइरहेको दाबी गरे । ‘सेवाग्राहीको चाप बढी भएअनुसार सफ्टवेयर अपडेट गर्न नसक्दा समस्या भएको हो,’ उनले भने, ‘समस्या समाधान गर्न अध्ययन टोली गठन भएको छ । टोलीले शुक्रबारसम्ममा रिपोर्ट दिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय
नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
प्रदेश २ सरकारले दियो बकर इदमा सार्वजनिक विदा
प्रदेश २ सरकारले दियो बकर इदमा सार्वजनिक विदा
प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाउने, बुलेट प्रुफ गाडी बिक्री गर्ने
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
अबको प्रधानमन्त्री पनि मै हुँ: देउवा
अबको प्रधानमन्त्री पनि मै हुँ: देउवा
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै
न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै

तपाईंले छुटाउनुभयो कि?