यू १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात
सारांश
- कप्तान सन्दीप लामिछाने चम्कदा नेपालले यू १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।
- आज बिहान सिङ्गापुरमा भएको पहिलो खेलमा घरेलु टोलीलाई ४ विकेटले हराउदै नेपालले विजयी सुरुवात गरेको हो ।
- टस जितेर सिङ्गापुरलाई ब्याटिङका लागि निम्त्याएको नेपालले कसिलो बलिङ ग-यो ।
कप्तान सन्दीप लामिछाने चम्कदा नेपालले यू १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान सिङ्गापुरमा भएको पहिलो खेलमा घरेलु टोलीलाई ४ विकेटले हराउदै नेपालले विजयी सुरुवात गरेको हो ।
टस जितेर सिङ्गापुरलाई ब्याटिङका लागि निम्त्याएको नेपालले कसिलो बलिङ ग-यो । २९ ओभरमा सबै विकेट गुमाएको सिङ्गापुरले ७३ रन मात्रै बनायो । ब्रिगु एयर ४२ र सेन अग्रवाल ११ रन बाहेक अरुले दोहोरो अंक पनि बनाउन सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ८ ओभरमा दुई मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै शाहब आलमले ३ र किशोर महतोले २ विकेट लिए ।
जवाफमा नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाउदै जित हासिल ग-यो । नेपालका लागि प्रनित थापामगरले २३, अनिल शाहले १९ र रोहित कुमारले ११ रन बनाए । सिङ्गापुरका लागि आर्यमान सुनिल, जीए आहानले २ र २ र रोहित रंगराजन तथा अंस भरगाभाले १/१ विकेट लिए । यो जितसँगै नेपालले २ अंक कमाएको छ । नेपालको अर्को खेल ३ साउनमा मलेसियासँग खेल्ने छ ।
प्रतिक्रिया