राजपालाई चुनाव ल्याउनु नै सरकारको ठूलो सफलता हुनेछः मन्त्री मण्डल

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
५४ पटक हेरिएको
Shares
राजपालाई चुनाव ल्याउनु नै सरकारको ठूलो सफलता हुनेछः मन्त्री मण्डल

सारांश

  • विराटनगर, २३ साउन ।
  • आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताउनुभएको छ ।
  • प्रेस सेन्टर नेपालद्वारा आज विराटनगरमा उहाँको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन सक्यो भने सरकारका लागि ठूलो सफलता हुनेछ भन्नुभयो ।

विराटनगर, २३ साउन । आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालद्वारा आज विराटनगरमा उहाँको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन सक्यो भने सरकारका लागि ठूलो सफलता हुनेछ भन्नुभयो ।

उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउन अघिल्लो सरकारले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै राजपालाई निर्वाचनमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । आगामी माघ ८ गतेभित्रै प्रदेश र संघीय संसद्को निर्वाचन गराउन सरकार गम्भीर रहेको उहाँको भनाइ थियो ।

नेपाल आयल निगमद्वारा खरिद गरिएको जग्गा प्रकरणको सम्बन्धमा बोल्दै उहाँले कानूनी रुपमा जे जस्तो देखिए पनि व्यावहारिक रुपमा बढी मूल्यमा जग्गा खरिद गरिएको देखिएकाले त्यस्ता गलत प्रवृत्तिको विरुद्धमा आफूले कडा कारवाही गराएर छाड्ने दृढता व्यक्त गर्नुभयो ।

दशैंँ तिहारको समयमा अतिआवश्यक वस्तुको कृतिम अभाव र मूल्य बढ्न नदिन सरकार गम्भीर रहेको प्रसंग उल्लेख गर्दै उहाँले कृत्रिम अभावलाई नियन्त्रण गर्न कडा अनुगमन गरिने बताउनुभयो ।

उहाँले कालोबजारीलाई नियन्त्रण र दण्डित गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

नेशनल टे«डिङ लिमिटेड धराशायी अवस्थामा रहेकाले यसलाई नयाँ रुपमा ढाल्न मन्त्रालयले ठोस कदम चाल्ने मन्त्री मण्डलको भनाइ थियो ।
प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष गोकुल पराजुलीेले उहाँलाई कार्यकालको सफलताको शुभकामना प्रकट गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनसन
५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनसन
विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल जारी
विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल जारी
भरतपुर महानगरपालिकालाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउँछु : रेणु दाहाल
भरतपुर महानगरपालिकालाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउँछु : रेणु दाहाल
थेसिस खरीदबिक्री गर्नेको डिग्री खारेज गर्न माग !
थेसिस खरीदबिक्री गर्नेको डिग्री खारेज गर्न माग !
सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता
सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता
सेनाको कामप्रति जनता ढुक्क हुनु भनेको सेनाको सम्पत्ति हो : रक्षामन्त्री पोखरेल
सरकारी विद्यालयले अंग्रेजी पढाउँदा निजीको टाउको दुख्यो
सरकारी विद्यालयले अंग्रेजी पढाउँदा निजीको टाउको दुख्यो