राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ६, २०७३
|
|
१२७५ पटक हेरिएको
Shares
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का

सारांश

  • भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली नागरिक गोबिन्द गौतमको परिवारलाई चलचित्र निर्माता संघ नेपालले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
  • संघका अध्यक्ष नवल खड्का, महासचिब विमल नेपाल, सचिब मनोज श्रेष्ठलगायतका कलाकार गौतमको घरमा पुगेर उनका परिवारलाई सहयोग रकम हस्तान्तरण गरे ।
  • ‘उहाँको परिवारलाई भेट्यौं आर्थिक अवस्था निकै नाजुक रहेछ’ ,अध्यक्ष खड्काले भने, ‘भेटमा गौतमकी आमाले आजसम्म सरकारी निकायका उच्च अधिकारी कोही पनि नआएको भन्दै दुःख ब्यक्त गरिन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली नागरिक गोबिन्द गौतमको परिवारलाई चलचित्र निर्माता संघ नेपालले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संघका अध्यक्ष नवल खड्का, महासचिब विमल नेपाल, सचिब मनोज श्रेष्ठलगायतका कलाकार गौतमको घरमा पुगेर उनका परिवारलाई सहयोग रकम हस्तान्तरण गरे ।

‘उहाँको परिवारलाई भेट्यौं आर्थिक अवस्था निकै नाजुक रहेछ’ ,अध्यक्ष खड्काले भने, ‘भेटमा गौतमकी आमाले आजसम्म सरकारी निकायका उच्च अधिकारी कोही पनि नआएको भन्दै दुःख ब्यक्त गरिन् ।’

“आफुहरु सुकुम्बासी भएको जानकारी दिँदै गौतमकी आमाले  छोराको सालिक बनाइनुपर्ने, गाउँको नाम गोबिन्दपुर राख्नु पर्ने र शहीदका श्रीमती र छोरीहरुलाई जागिरको व्यवस्था गर्नुपर्ने माग राखिन् ।

शहिद परिवारलाई भेटेर आएको निर्माताको टोलीले राज्यले जिम्मा लिएन भने शहीदका छोरीहरुको पढाईको जिम्मा लिने बताएको छ ।अध्यक्ष खड्काले भने ‘यदि राज्यले ती वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं ।’  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?