राप्रपालाई तत्काल सरकारमा नल्याइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
राप्रपालाई तत्काल सरकारमा नल्याइने

सारांश

  • असार २८, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका लागि चार मन्त्रालय छुट्याए पनि उसलाई तत्काल सरकारमा नल्याउने भएका छन् ।
  • अबको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस, माओवादी केन्द्र र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिककै मन्त्रीहरू मात्र हुने स्रोतले बतायो ।
  • प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल विदेशबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

असार २८, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका लागि चार मन्त्रालय छुट्याए पनि उसलाई तत्काल सरकारमा नल्याउने भएका छन् ।

अबको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस, माओवादी केन्द्र र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिककै मन्त्रीहरू मात्र हुने स्रोतले बतायो । प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल विदेशबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । दाहाल साउन ३० गते फर्कंदै छन् ।

संविधान संशोधनमा एकढिक्का नहुने भएपछि राप्रपालाई उपप्रधानमन्त्री दिन सत्ताघटक कांग्रेस र माओवादी दुवै तयार छैनन् । उपप्रधानमन्त्री नपाउने भएपछि सरकारमा जाने कि नजाने भन्नेमा राप्रपामा पनि मतान्तर छ । प्रधानमन्त्री देउवा पार्टीभित्रकै आन्तरिक व्यवस्थापनमा जुटेका छन् । कांग्रेस र माओवादीले २० मन्त्रालय भागबन्डा गर्ने सहमति बने पनि दुई दलले कति/कति लिने भन्ने टुंगो लागिसकेको छैन ।

कांग्रेसले माओवादीलाई ८ दिएर आफूले १२ मन्त्रालय लिने प्रयास गरिरहेको छ । माओवादीले न्यूनतम ९ मन्त्रालय दाबी गर्दै आएको छ । कांग्रेसले १२ मन्त्रालय पाए वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४ वटा दिने देउवाको तयारी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षलाई पनि एक/एक मन्त्रालय दिएर चित्त बुझाउन उनी लागिपरेका छन् । इकान्तिपुर बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,
इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु
दुर्घटनामा एकको मृत्यु
दुर्घटनामा एकको मृत्यु
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
साउदी अरबका विदेशमन्त्री जुबैर घटुवामा परे
साउदी अरबका विदेशमन्त्री जुबैर घटुवामा परे
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
३ सय ५० रूपैयाँका कारण सलमान खानकाे ‘भारत’ काे सुटिङ राेकियाे !
३ सय ५० रूपैयाँका कारण सलमान खानकाे ‘भारत’ काे सुटिङ राेकियाे !
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
वारेसनामामार्फत प्रधानमन्त्री देउवाले डडेल्धुराबाट उम्मेदवारी दिए
वारेसनामामार्फत प्रधानमन्त्री देउवाले डडेल्धुराबाट उम्मेदवारी दिए

तपाईंले छुटाउनुभयो कि?