राप्रपा प्रजातान्त्रिकको बैठक आज बस्दै
सारांश
- काठमाडौं, १६ पुस ।
- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
- राजधानीको चावहिलस्थित पार्टी मूख्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ ।
काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
राजधानीको चावहिलस्थित पार्टी मूख्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ ।
यस्तै राष्ट्रिय एकता दिवस र सातै प्रदेशमा गर्ने सम्मेलनको विषयमा पनि छलफल हुने महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । दशैं तिहार लगत्तै पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादी बीच पार्टी एकता हुने भनिएपनि अझै हुन सकेको छैन ।
दुबै पार्टीबीच सिद्धान्त मिलेपनि झण्डा र चुनाव चिन्हका विषयमा सहमति हुन सकेको छैन् । कमल थापा नेतृत्वको राप्रपासँग भने तत्काल पार्टी एकता नहुने राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।
प्रतिक्रिया