राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने

सारांश

  • काठमाडौँ, २९ जेठ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
  • राष्ट्रपति भण्डारीले उक्त शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नुहुनेछ ।

काठमाडौँ, २९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीले उक्त शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नुहुनेछ । यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उहाँले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्रप्रमुखहरूलाई पनि सो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण गरेको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम सङ्गठनले आमन्त्रण गरेको यो पहिलो वर्ष हो । नेपाल सन् १९६६ मा यस सङ्गठनको सदस्य बनेको हो ।

श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले असार १ गते राष्ट्रपति भण्डारीसँग भेट्नाका साथै उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुहुनेछ । राष्ट्रपति भण्डारीका सम्मानमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि दीपक धिताल तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनले जेनेभामा स्वागत कार्यक्रम आयोजना गर्नेछन् ।

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुने मन्त्रालयको विज्ञप्तिमा उल्लिखित छ । राष्ट्रपति भण्डारी असार ४ गते काठमाडौँ फर्कनुहुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
राप्रपा अध्यक्षका लागि मतदान सुरु
राप्रपा अध्यक्षका लागि मतदान सुरु
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
धर्मका नाममा ३ अर्बको जग्गा कब्जा
धर्मका नाममा ३ अर्बको जग्गा कब्जा
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने
बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने
तमोर र कमला नदीमा जलसतह खतरा तह आसपास, उच्च सतर्कता अपनाउन अपिल
तमोर र कमला नदीमा जलसतह खतरा तह आसपास, उच्च सतर्कता अपनाउन अपिल
मधेस प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच सहमति
मधेस प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच सहमति
बाराको फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
बाराको फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
दशगजामा भारतको दादागिरी, एकतर्फी सडक बनाउँदा नेपाली त्रसित
दशगजामा भारतको दादागिरी, एकतर्फी सडक बनाउँदा नेपाली त्रसित

तपाईंले छुटाउनुभयो कि?