रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ६, २०७३
|
|
१९३ पटक हेरिएको
Shares
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम

सारांश

  • एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम गरेको छ ।
  • शनिबार राति भएको खेलमा रियल मड्रिडले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
  • बिल्बाओको घरेलु मैदानमा भएको खेलमा रियलले २५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो ।

एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम गरेको छ ।


शनिबार राति भएको खेलमा रियल मड्रिडले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बिल्बाओको घरेलु मैदानमा भएको खेलमा रियलले २५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । ६५ औं मिनेटमा अडुरिजले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । तर, धेरैबेर टिक्न सकेन ।

६८ औं मिनेटमा कासिमेरोले गोल गर्दै पुनः रियल मड्रिडलाई अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र रियल मड्रिडले महत्वपूर्ण ३ अंक हात पारेको छ ।

जितसँगै मड्रिडको २७ खेलबाट ६५ अंक छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ६० अंक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?