लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
३३ पटक हेरिएको
Shares
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान

सारांश

  • श्रावण ८, २०७४- बेंसीसहर नगरपालिका वडा नं.
  • ७ हाइस्कुल चोकको एउटा घरमा मध्यरात आगलागी हुँदा ३ वटा पसल पूर्ण रुपमा क्षति भएको छ ।
  • आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

श्रावण ८, २०७४- बेंसीसहर नगरपालिका वडा नं. ७ हाइस्कुल चोकको एउटा घरमा मध्यरात आगलागी हुँदा ३ वटा पसल पूर्ण रुपमा क्षति भएको छ । आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । प्रहरीको अनुसार हेमप्रसाद घिमिरेको घरमा राति आगलागी भएको हो । उक्त घरमा रहेको रामबहादुर विकको सुनचाँदी पसल, मीना अधिकारीको तरकारी पसल र कृष्ण विकको किराना पसलमा आगलागी हुँदा पसल पूर्ण रुपमा क्षति भएको डीएसपी समीरचन्द्र खरेलले बताए । आगलागीबाट सुनचाँदी पसलमा रहेको केही सुनचाँदी, एउटा मोटरसाइकल, अन्य दुवै पसलमा रहेको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अधिकारीको पसलबाट केही नगद रुपैयाँ सकुशल झिक्न सफल भएको डीएसपी खरेलले बताए । उनका अनुसार अहिले बिहान मुचुल्का उठाउने तयारी गरेको छ ।
प्रहरीका अनुसार शनिबार राति १ बजेर १० मिनेट जाँदा आगलागी भएको खबर प्राप्त भएको हो । त्यसपछि डीएसपीकै कमाण्डमा इन्सपेक्टरसहितको प्रहरी टोली, दमकल साथै स्थानीयले आगो निभाएका थिए । १ बजेर ४० मिनेट जाँदा आगलागी निभाउन सकिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रका क्रममा २ जना प्रहरी सामान्य घाइते भएका छन् । स्थानीयले उक्त घटना करिब साँढे १२ बजेतिर भएको बताएका छन् ।

पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको इन्सपेक्टर बुद्धिसागर पुरीले बताए । प्रहरी र स्थानीयले विद्युत् आउनेजाने समस्या साथै हाइ भोल्टेज आउनेजाने समस्याले फ्रिजमा विद्युत् सर्ट हुन गई आगलागी भएको हुनसक्ने बताएको छ । घटनामा मानवीय क्षति भएको छैन ।

कारण विद्युत्‌को तार, टेलिफोन तथा केवुल लाइनमा समेत क्षति पुगेको छ । आगलागीका कारण मनाङेचौतारा टोलमा विद्युत् आपूर्ति बन्द छ । घटनास्थलको अनुगमनको लागि प्रमुख जिल्ला अधिकारी युवराज मैनालीसहितको टोली पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठकमा कसले के भने ?
प्रतिनिधिसभा बैठकमा कसले के भने ?
डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो
डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
दीपेन्द्र र सीमा उत्कृष्ट मोडल
दीपेन्द्र र सीमा उत्कृष्ट मोडल
तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै
अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै
बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति
बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति
बांग्लादेशमा आगालागी : १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन
बांग्लादेशमा आगालागी : १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन

तपाईंले छुटाउनुभयो कि?