लोकमान बचाउन लागी परे कांग्रेस नेता: खड्का…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ११, २०७३
|
|
१६९ पटक हेरिएको
Shares
लोकमान बचाउन लागी परे कांग्रेस नेता: खड्का…

सारांश

  • लोकमान कार्कीविरुद्ध सुनियोजित तर अप्रत्यासित रुपमा ल्याइएको महाअभियोगको प्रस्तावबारे विचार विश्लेषण नगरी अन्धसमर्थनको लहर चलिरहेको बेला नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले कार्कीविरूद्धको महाभियोगको विपक्षमा कांग्रेस उभिनुपर्ने धारणा अघिसारेका छन् ।
  • नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आफ्ना कुरा राख्दै नेता खड्काले लोकमानविरूद्ध लगाइएको महाभियोगको कुनै औचित्व नभएकोले त्यसको विपक्षमा पार्टी उभिनुपर्ने तर्क गरेका हुन् ।
  • आएनएजीओ, एनजिओ र पश्चिमा मुलुकको दबाब र प्रभावमा लोकमानविरुद्ध यस्तो अभियोग लगाइएको उनको भनाई छ ।

लोकमान कार्कीविरुद्ध सुनियोजित तर अप्रत्यासित रुपमा ल्याइएको महाअभियोगको प्रस्तावबारे विचार विश्लेषण नगरी अन्धसमर्थनको लहर चलिरहेको बेला नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले कार्कीविरूद्धको महाभियोगको विपक्षमा कांग्रेस उभिनुपर्ने धारणा अघिसारेका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आफ्ना कुरा राख्दै नेता खड्काले लोकमानविरूद्ध लगाइएको महाभियोगको कुनै औचित्व नभएकोले त्यसको विपक्षमा पार्टी उभिनुपर्ने तर्क गरेका हुन् । आएनएजीओ, एनजिओ र पश्चिमा मुलुकको दबाब र प्रभावमा लोकमानविरुद्ध यस्तो अभियोग लगाइएको उनको भनाई छ ।

स्वभावअनुरुप बैठकमा जुझारु रूपमा प्रस्तुत भएका खड्काले महाअभियोग प्रकरण एमालेको षडयन्त्र भएको र यसमा कांग्रेस फस्नै नहुने भन्दै यदि लोकमान गलत थिए भने अहिले होइन हिजो पनि गलतै भएको धारणा राखे। यदि उनी गलत थिए भने उनलाई नियुक्ति गर्ने नेताहरू कसरी सही हुन सक्छन् ? भनी खड्काले प्रश्न गर्दा सबै मुखामुख गरिरहेका थिए ।

आफ्नो बारेमा छानबिन हुनसक्ने भन्दै अत्तालिएर एमाले र माओवादीले यो प्रस्ताव ल्याएको दाबी गर्दै नेता खड्काले हिजो कांग्रेसका नेताहरूलाई पर्दा ठीक र अहिले एमालेका केही नेताहरूलाई पर्दा गलत कसरी हुनसक्छ ? भन्ने प्रश्न गरे । अख्तियार प्रमुखकका लागि यदि लोकमानको अयोग्यता हो भने त्यो मुद्दा अदालतमा विचारधिन रहेकोले त्यसलाई अदालतले नै फैसला गर्ने जिकीर पनि उनले गरे ।

श्रोत्:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप
सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप
फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी
फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी
मालिमा शान्ति स्थापना गर्न राष्ट्रसंघीय प्रमुख गुटरेसकाे आग्रह
मालिमा शान्ति स्थापना गर्न राष्ट्रसंघीय प्रमुख गुटरेसकाे आग्रह
पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा
पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा
सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
विप्लवले प्रचण्डलाई निसाना बनाउन खोजेकै हुन्?
विप्लवले प्रचण्डलाई निसाना बनाउन खोजेकै हुन्?
‘घरको सबै काम छोडेर भोट दिएकी छु अब पति फर्काइदेऊ’
‘घरको सबै काम छोडेर भोट दिएकी छु अब पति फर्काइदेऊ’
७ वर्षसम्म बहिनी बलात्कार गर्ने दाजु
७ वर्षसम्म बहिनी बलात्कार गर्ने दाजु

तपाईंले छुटाउनुभयो कि?