विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १९ साउन ।
  • नेपालको कला संस्कृति तथा जनजीवनका बारेमा जानकारी लिएर विभिन्न स्थानमा कला सिर्जना गर्ने उद्देश्यले भारतको वनारसबाट नेपाल आएका कलाकारको समूहले आज वसन्तपुर क्षेत्रमा कला सिर्जना गरेका छन् ।
  • नेपाल ललित कला मञ्चको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न सम्पदा क्षेत्रमा स्थलगत भ्रमण गरेर नेपाली कलाकारसँग समन्वय गरी उनीहरुले बनाउने चित्रलाई बनारसमा प्रदर्शन गरिनेछ ।

काठमाडौँ, १९ साउन । नेपालको कला संस्कृति तथा जनजीवनका बारेमा जानकारी लिएर विभिन्न स्थानमा कला सिर्जना गर्ने उद्देश्यले भारतको वनारसबाट नेपाल आएका कलाकारको समूहले आज वसन्तपुर क्षेत्रमा कला सिर्जना गरेका छन् ।

नेपाल ललित कला मञ्चको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न सम्पदा क्षेत्रमा स्थलगत भ्रमण गरेर नेपाली कलाकारसँग समन्वय गरी उनीहरुले बनाउने चित्रलाई बनारसमा प्रदर्शन गरिनेछ ।

कार्यक्रममा नेपाल लुम्बिनी विश्वशान्ति मञ्च र बिपी कोइराला नेपाल भारत फाउण्डेशनलगायत संस्थाको सहयोग रहेको छ ।

बुधबार सुरु भई यही साउन २२ गतेसम्म जारी रहने कार्यशालामा नारायणहिटी संग्रहालय, चाँगुनारायण, पाइलट बाबा आश्रमलगायतका स्थानमा भ्रमण गराइने कार्यक्रमका संयोजक दीपेन्द्र बनेपालीले जानकारी दिनुभयो ।

नेपाली १० कलाकारको समूह तथा अमितकुमार मेहताको नेतृत्वमा काठमाडौँ आइपुगेको भारत बनारसका ११ कलाकारले संयुक्तरुपमा बुधबार पशुपतिको मृगस्थलीमा कला सिर्जना गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?