३३ केजी सुन प्रकरण : फेरि अर्का डिएसपी पक्राउ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
३३ केजी सुन प्रकरण : फेरि अर्का  डिएसपी पक्राउ !

सारांश

  • काठमाडाै, १६ वैशाख ।
  • साढे ३३ केजी सुन बेपत्ता तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी पक्राउ परेका छन्।
  • प्रहरीले उनलाई आइतबार पक्राउ गरी मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा संगठित अपराधमा थप अनुसन्धानका लागि म्याद थप गरेको छ।

काठमाडाै, १६ वैशाख । साढे ३३ केजी सुन बेपत्ता तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी पक्राउ परेका छन्।

प्रहरीले उनलाई आइतबार पक्राउ गरी मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा संगठित अपराधमा थप अनुसन्धानका लागि म्याद थप गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको पत्रका आधारमा विराटनगर हाजिर भएका उनको बयान चित्त बुझ्दो नभएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको हो।

सुन तस्कर गोरे भनिने चुडामणि उप्रेतीलाई पछ्याउँदै अपराध महाशाखामा कार्यरत केसी र सई बालकृष्ण सञ्जेल धरान हुँदै विराटनगर पुगेका थिए। फागुन १८ मा उनीहरुले पोखरिया, विराटनगरबाट सनम शाक्यको शव बरामद गर्दा उनीहरु त्यहीँ थिए।

महाशाखाले सुन तस्कर गोरेलाई पक्राउ गर्न अफ ट्रयाक अनुसन्धानका लागि विराटनगर टोली पठाएको दाबी गर्दै आएको छ। तर साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन समितिले केसीको बयान चित्त बुझ्दो नभएको भन्दै थप कारवाही अघि बढाएको हो।

डिएसपी केसीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ। यसअघि प्रहरीकै पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेल पक्राउ परेका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prakash Pahari

    चाेर जति v I p रहेछन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजदूत निरञ्जन थापा फिर्ता, अञ्जान शाक्य इजरायलका लागि नयाँ राजदूत
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
आजदेखि अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेरिने
आजदेखि अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेरिने
यी हुन् प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार पोष्ट गर्ने हरिप्रसाद मानन्धर
यी हुन् प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार पोष्ट गर्ने हरिप्रसाद मानन्धर
सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा
सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा
उपत्यकामा एकैदिन २४०२ जना कोरोना संक्रमित थप
उपत्यकामा एकैदिन २४०२ जना कोरोना संक्रमित थप
कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग
कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग
नेपाली काँग्रेसका पूर्वसांसद नेकपा प्रवेश
आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !
आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !
यसैले एकस्वरमा भनौं ‘आलुवाद जिन्दावाद !
यसैले एकस्वरमा भनौं ‘आलुवाद जिन्दावाद !

तपाईंले छुटाउनुभयो कि?