संविधान संशोधन देश र जनताविरुद्ध : नेकपा (एमाले)

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १३, २०७३
|
|
१५२ पटक हेरिएको
Shares
संविधान संशोधन देश र जनताविरुद्ध : नेकपा (एमाले)

सारांश

  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनभन्दा देशको संक्रमणकालीन अवस्था टुंग्याउनुपर्ने बताउनुभएको छ ।
  • युवा संघ नेपालको प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाजः आधार र कार्यभार’ पुस्तकको आइतबार लोकार्पण गर्दै उहाँले संविधान गतिशील दस्तावेज भएको हुनाले संशोधन हुनसक्ने भए पनि संशोधनभन्दा पनि देशको संक्रमणकाल टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।
  • ‘सरकारको काम संशोधन गर्ने होइन’–उहाँले भन्नुभयो, ‘ऐन कानुन बनाएर तीन तहको निर्वाचन गराएर संक्रमणकाल टुंग्याउने काम हो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनभन्दा देशको संक्रमणकालीन अवस्था टुंग्याउनुपर्ने बताउनुभएको छ । युवा संघ नेपालको प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाजः आधार र कार्यभार’ पुस्तकको आइतबार लोकार्पण गर्दै उहाँले संविधान गतिशील दस्तावेज भएको हुनाले संशोधन हुनसक्ने भए पनि संशोधनभन्दा पनि देशको संक्रमणकाल टुंग्याउनुपर्नेमा जोड दिनुभयो । ‘सरकारको काम संशोधन गर्ने होइन’–उहाँले भन्नुभयो, ‘ऐन कानुन बनाएर तीन तहको निर्वाचन गराएर संक्रमणकाल टुंग्याउने काम हो । संशोधन गरेर अन्य काम अल्मल्याउने प्रयास गरिँदैछ ।’ उहाँले सरकारलाई नै संशोधन किन गर्न लागेको भन्ने कुरा थाहा नभएको पनि उल्लेख गर्नुभयो । जनताको हक अधिकारका सवालमा एमाले संविधान संशोधन गर्न तयार रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधनका नाममा देशलाई भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने कुरा गरिएको आरोप लगाउनुभयो । उहाँले संशोधन गरेर नै मुलुकको समस्या नटुङ्गिने बताउँदै क्षणिक समयका लागि मात्र समस्या टुङ्गिने बताउनुभयो । ‘हामीले पनि गतवर्ष समस्या टुङ्गिन्छ भनेर दुईवटा बुँदामा संशोधन गरेका थियाँै’–उहाँले भन्नुभयो, तर अहिले फेरि बल्झियो । संशोधनले तत्कालको मात्र समस्या समाधान हुने गर्दछ । फेरि पछि समस्या आउँछ । अध्यक्ष ओलीले सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नका लागि पूरक बजेट ल्याउन लागेको आरोप लगाउनुभयो । उहाँले स्थानीय तहको पुनःसंरचनामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले नै बाधक बनेको आरोप लगाउनुभयो । एमाले सचिव प्रदीप ज्ञवालीले सरकार संविधान कार्यान्वयनभन्दा संशोधनको प्रस्ताव ल्याएर हिमाल, पहाड, तराईमा मुठभेड ल्याउन लागेको बताउनुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेन्द्र पाण्डे, युवानेता महेश बस्नेत, युवा संघका अध्यक्ष राजीव पहारीले संविधान संशोधन देश र जनताविरुद्ध भएको भन्दै संशोधनभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट विजयी !
भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट विजयी !
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने
प्रधानमन्त्री चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जादैं
विशेष समितिले प्रदेश नम्बर ७ को नाम ‘खप्तड’र राजधानी गोदावरी राख्ने प्रतिवेदन पेश
विशेष समितिले प्रदेश नम्बर ७ को नाम ‘खप्तड’र राजधानी गोदावरी राख्ने प्रतिवेदन पेश
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
अवकाश हुँदै गर्दा ब्यारेक उद्घाटन
अवकाश हुँदै गर्दा ब्यारेक उद्घाटन
मन्त्री रघुवीर सम्पत्तिमा पनि साँच्चिकै “महासेठ”-४० करोड सेयर, डेढ सय बिघा जमिन
मन्त्री रघुवीर सम्पत्तिमा पनि साँच्चिकै “महासेठ”-४० करोड सेयर, डेढ सय बिघा जमिन
बिम्स्टेक कूशलतापूर्वक सम्पन्न भयो–प्रधानमन्त्री अाेलि
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ