सरकारी कर्मचारीले १४ महिनासम्म तलब नपाउने !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
सरकारी कर्मचारीले १४ महिनासम्म तलब नपाउने !

सारांश

  • तलब नपाएको १४ महिना भयो ।
  • तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् ।
  • नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् ।

तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ?

यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दीभन्दा बढी भएका १६ कर्मचारीलाई ६ देखि १४ महिनासम्मको तलब दिइएको छैन । तरपनि, कर्मचारी गुनासो नगरी खुरुखुरु काम गरिरहेका छन् । यति लामो समयसम्म तलब नपाउँदा पनि कर्मचारी किन काम गरिरहेका छन् त ? निमित्त कार्यालय प्रमुख प्रेमबहादुर देसार भन्छन्, ‘यो त बाध्यता हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कार्यालय प्रमुख देसारका अनुसार स्थानीय तहमा खटाइएका कर्मचारी पनि सरुवा बदर गराएर फर्किएका छन् । ‘केही कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा गरेर यहाँ नयाँ कर्मचारी पठाएको थियो,’ उनले भने, ‘सामान्यले पठाएका नयाँ पनि आए र सरुवा गरिएका पुराना पनि फर्किए । त्यसो हुँदा धेरै कर्मचारी भएका हुन् ।’ देसारका अनुसार कार्यालयबाट स्थानीय तहमा गरिएको कर्मचारीको सरुवा सचिव मोहनकृष्ण सापकोटाले बदर गराइदिएका थिए ।

यसैगरी, काजसरुवा गरेर आएका कर्मचारी तीन महिना अवधि सकिएपछि पनि नफर्किएको कार्यालयले जनाएको छ । निजामती सेवा ऐनअनुसार काजसरुवा भएका कर्मचारी तीन महिना पूरा भएपछि साबिककै कार्यालयमा हाजिर हुनुपर्ने हुन्छ । तर, वैदेशिक रोजगार कार्यालय ताहचलमा भने वर्षौँदेखि तलब नपाए पनि काजका कर्मचारी कार्यरत छन् ।

सरकारसँग तलब माग
दरबन्दी नभएका १६ कर्मचारीलाई तलब खुवाउन नसकेपछि ताहचल कार्यालयले कोष तथा लेखानियन्त्रण कार्यालयलाई पत्र लेखेको छ । जसमा दरबन्दी मिलान नभएका १६ कर्मचारीलाई १४ महिनादेखि तलब, भत्ता र चाडपर्व खर्च भुत्तान गर्न नसकेको उल्लेख गरिएको छ । उनीहरुलाई तलब, भत्ता र पोसाक भत्ताका लागि ५९ लाख १२ हजार ७ सय ९९ रुपैयाँ उपलब्ध गराइदिन पत्रमा माग गरिएको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Rajan Pokhrel

    घुसले नै गोजि भरेको छ त किन तलब चाईयो नि

    Comment Author

    Sumitra Bhusal Regmi

    तलब भन्दा बदि कुर्चिमुनी बात आउछ्त

    Comment Author

    Ram Sharma

    ५ साल भएपनि काम गरछन घुस दराे लिनछन् किन चाहियाे तलब

    Comment Author

    Nar B Shrestha

    हावा गफ बेलेको हो यो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?