साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार

सारांश

  • राजधानी काठमाडौँको केन्द्रमा रहेको स्थान हो ‘रत्नपार्क’ ।
  • देशमा गणतन्त्र स्थापना भएसँगै यो स्थानको नाम परिवर्तन भएर रत्नपार्कबाट शंखध्वर उद्यान भइसकेको छ ।
  • तर अझै पनि आम मानिस यसलाई रत्तपार्ककै नामले चिन्छन् ।

राजधानी काठमाडौँको केन्द्रमा रहेको स्थान हो ‘रत्नपार्क’ । देशमा गणतन्त्र स्थापना भएसँगै यो स्थानको नाम परिवर्तन भएर रत्नपार्कबाट शंखध्वर उद्यान भइसकेको छ । तर अझै पनि आम मानिस यसलाई रत्तपार्ककै नामले चिन्छन् । रत्नपार्क धेरै कारणले चर्चित अनि बदनाम छ । बेरोजगारहरुको समय कटाउने स्थान, साना तथा खुद्रा व्यापारीको व्यापार गर्ने थलो र यौनकर्मीहरुको अखडा पनि हो रत्नपार्क ।

यौनकर्मीको अखडाको रुपमा रत्नपार्कले बदनामी कमाएको निकै लामो समय भइसक्यो । सुधारका लागि थुप्रै प्रयास भएपनि यो समस्या अलिकति पनि कम भएको छैन । यो स्थानले यति धेरै बदनामी कमाएको छ कि कोही राम्रै उद्देश्यले त्यहाँ पुगे पनि अरुले हेर्ने नजर भने फरक हुन सक्छ । यदी साँझ तिर रत्नपार्कको आसपासमा अफिस सकिएर घर फर्कन गाडी कुरेर बसिरहेकी युवती भेटिए, ती युवतीले त्यहाँ कस्तो व्यवहारको सामना गर्नुपर्छ त्यसको अनुभव त्यहाँ पुग्ने जोकोहीले गरेको हुन्छ । कोही युवती देखिनै हुँदैन जाने हो भन्दै पछि लाग्नेको भिड नै जम्मा हुन्छ ।

यस्तै समस्या भोग्नेमध्येकी एक हुन् काभ्रेकी २१ वर्षीय बन्दना कार्की । असनस्थित एक सहकारीमा काम गर्ने उनी बानेश्वर जाने गाडी कुर्न हरेक साँझ रत्नपार्कमा उभिने गर्छिन् । साँझको समय पिक आवर भएका कारण बानेश्वरतर्फ जाने माइक्रो वा ट्याम्पुमा निकै हुल हुने भएकाले गाडी चढ्न उनले हरेक साँझ कम्ति १५ देखि ३० मिनेटसम्म उभिएरै बिताउनु पर्ने हुन्छ । बन्दनालाई गाडी कुर्दाको यो क्षण सबैभन्दा दिक्कलाग्दो हुन्छ । यौनकर्मी ठानेर उनलाई छेडछाड गर्ने र जाने हो भन्दै नजिक आउनेहरुले दिक्कै बनाउँछन् । विगत ३ वर्षदेखि यो समस्या एकनासले झेल्दै आएकी उनी रत्नपार्कको तनावबाट मुक्त हुन जमलबाट अन्य स्थानतिर जागिर खोज्ने तयारी गरिरहेको बताउँछिन् ।

यता, सुदुरपश्चिम कैलालीका रतन विश्वकर्माको दिनचर्या भने रत्नपार्कसँगै जोडिएको छ भन्दा फरक हुन्न । ठमेलको एक दोहोरीमा सेक्युरिटीको काम गर्ने उनी यौनकर्मी खोज्दै उनी हरेक साँझ रत्नपार्क पुग्छन् । दोहोरीमा आउने ग्राहकहरुबाट पाउने टिप्सबाट उनी रत्नपार्कका लागि खर्च जुटाउँछन् । उनी भन्छन् ‘दाई यता आउने लत नै लागिसक्यो, एक दिन नगए के नपुगे के नपुगे जस्तो हुन्छ ।’

स्याङ्जाका सुमन ढुंगाना रत्नपार्कमा भेटिने गजबका पात्र हुन् । उनको रोजीरोटी नै रत्नपार्कबाट चलेको छ । सुरुसुरुमा जवानीको जोश सेलाउने उद्देश्यले उनी रत्नपार्क जान गर्थे । तर विस्तारै उनले रत्नपार्कलाई कर्मथलो बनाए । अहिले उनी रत्नपार्कमा भेटिने यौनकर्मी र ग्राहकबीचको सेटिङ मास्टर बनेका छन् । उनी भाइबरबाट ग्राहकको सम्पर्कमा पुगी उनीहरुलाई यौनकर्मी मिलाइ दिन्छन् अनि कमिशन लिन्छन् । मासिक १ लाख रुपैयाँ भन्दा बढि उनी सेटिङमार्फत कमाइरहेका छन् ।

तेस्रो लिंगीको पनि अखडा हो रत्नपार्क । ठमेलमा केही कडाइ भए पछि अहिले धेरै जसो तेस्रो लिंगीहरु बस्ने र ग्राहक खोज्ने स्थान रत्नपार्क बनेको छ । तेस्रो लिंगीहरु रत्नपार्कका अनेक उपाय लगाउँदै ग्राहक तान्ने प्रयास गरिरहेका हुन्छन् रत्नपार्कमा । रत्नपार्कमा भेटिने अधिकांस तेस्रो लिंगीहरुले ग्राहकसँग कुरा मिलेपछि लाजिम्पाटमा रहेको आफ्नो फ्ल्याट लाने गरेका छन् । तर तेस्रो लिंगीको पछि लागेर जाने कतिपय लुटिने पनि गरेका छन् ।

(https://sharonsteelerealestate.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा केन्द्रीय कमिटी बैठक जारी
नेकपा केन्द्रीय कमिटी बैठक जारी
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
पहिलोपटक पाइपलाइनबाट इन्धनः उपभोक्तालाई मूल्यमा राहत
पहिलोपटक पाइपलाइनबाट इन्धनः उपभोक्तालाई मूल्यमा राहत
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
सागरले दिलाए नेपाललाई पाँचाै सफलता, हसन र अायनाकाे साझेदारी ताेडियाे !
सागरले दिलाए नेपाललाई पाँचाै सफलता, हसन र अायनाकाे साझेदारी ताेडियाे !
अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
सभामुख पूर्व माओवादीबाट !
सभामुख पूर्व माओवादीबाट !
इरानी आणविक विवाद, स्वीकार्य छैन– ट्रम्प, हामी प्रतिबद्ध छौं– म्याँक्रो, मे
इरानी आणविक विवाद, स्वीकार्य छैन– ट्रम्प, हामी प्रतिबद्ध छौं– म्याँक्रो, मे

तपाईंले छुटाउनुभयो कि?