सभामुख पूर्व माओवादीबाट !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
सभामुख पूर्व माओवादीबाट !

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी्भित्र पूर्व माओवादीबाट सभामुखको उम्मेदवार बनाउने सहमति बनेको छ ।
  • शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डबीचको बैठकपछि सहमति बनेको हो ।
  • नेकपाको बहुमत रहेकाले सभामुखमा उसकै उम्मेदवारले जित हासिल गर्ने निश्चितप्रायः छ ।

नेपाल कम्युनिष्ट पार्टी्भित्र पूर्व माओवादीबाट सभामुखको उम्मेदवार बनाउने सहमति बनेको छ । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डबीचको बैठकपछि सहमति बनेको हो । नेकपाको बहुमत रहेकाले सभामुखमा उसकै उम्मेदवारले जित हासिल गर्ने निश्चितप्रायः छ ।

नेकपाको विश्वस्त स्रोतका अनुसार पूर्व माओवादीबाट सभामुख बनाउन ओली सहमत भएका छन् । तर, उनले प्रचण्डले प्रस्ताव गरेका नामप्रति असन्तुष्टी जनाएका छन् । प्रचण्डकै प्रस्ताव अनुसार सभामुख चयन गर्न ओली तयार भएपनि नाम विवादरहित हुनुपर्नेमा जोड दिएको बुझिएको छ ।
प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका छन् । उनले विकल्पमा पम्फा भुषाल, देव गुरुङ र जर्नादन शर्माको नाम पनि राखेका छन् । नामबारे आइतबारभित्र टुंगो लगाइने बुझिएको छ । ६ माघमा संसद बैठक डाकिएको छ ।

यसैगरी, ओली र प्रचण्डको बैठक हुँदा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका छन् । ओली र प्रचण्डले संवैधानिक आयोगहरुको रिक्त पदमा पनि सहमति जुटाएर बढ्ने सहमति गरेपछि देउवालाई बोलाइएको बुझिएको छ । देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक सदस्यसहित कतिपय आयोगका रिक्त पदहरुमो आफ्ना तर्फबाट नामहरु राख्न चाहिरहेका छन् । संवैधानिक निकायको नियुक्तिका लागि बस्ने संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता रहने व्यवस्था छ । बैठकमा कोरम नपुगी निर्णय मान्य नहुने भएकाले देउवाको सहमति अनिवार्य छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन ६ गते मंगलवारको राशिफल यस्तो छ
साउन ६ गते मंगलवारको राशिफल यस्तो छ
मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान
मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान
असार २७ गते शनिवारको राशिफल यस्तो छ
असार २७ गते शनिवारको राशिफल यस्तो छ
गगन र विश्वप्रकाशको प्रचारमा आयोग लाग्यो: एमाले
गगन र विश्वप्रकाशको प्रचारमा आयोग लाग्यो: एमाले
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
देशका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने
देशका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री
६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन
एसियाड क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा
एसियाड क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा

तपाईंले छुटाउनुभयो कि?