नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
सारांश
- नागार्जुन पुस, १४,नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होम स्वयम्भूले नागार्जुन नगरपालिकाको भिमढुंगामा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
- शनिबार नागार्जुन ८ भिमढुंगास्थित हेल्थपोष्टको कार्यालयमा उक्त निशुःल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
- नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होम र नागार्जुन नगरपालिका वडा नं.
नागार्जुन पुस, १४,नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होम स्वयम्भूले नागार्जुन नगरपालिकाको भिमढुंगामा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार नागार्जुन ८ भिमढुंगास्थित हेल्थपोष्टको कार्यालयमा उक्त निशुःल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होम र नागार्जुन नगरपालिका वडा नं. ८ को संयुक्त आयोजनामा सम्पन्न स्वास्थ्य शिबिरमा नागार्जुन नगरपालिकाको समेत सहयोग रहेको छ । शनिबार बिहान ९ बजेदेखि सुरु स्वास्थ्य शिविर अपरान्ह ४ बजेसम्म चलेको थियो ।
उक्त शिबिरमा आफ्नो स्वास्थ्य चेकजाँच गर्न आएका स्थानियको मुहारमा निकै खुसी देख्न सकिन्थ्यो । उनीहरु आफ्नै घरदैलौमा औषधिसहित चिकित्सक आएर आफूहरुको बर्षौदेखिको बिमार जाँच गरेर निशुःल्क जाँच मात्रै होइन औषधि समेत निशुःल्क वितरण गरेको देख्दा दंगदास देखिन्थे । स्थानिय माहिली तामाङले आफूहरुलाई निकै खुसी लागेको भन्दै यस्ता किसिमका कार्यक्रम निरन्तर भैराख्नुपर्ने बताईन् । उनले सकेसम्म २÷४ महिनाको फरकमा यस्ता किसिमका शिविर सञ्चालन हुनसके आफूहरुलाई निकै सहयोग पुग्ने बताईन् ।

उनीहरुले आयोजक संस्था नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमप्रति कृतज्ञता व्यक्त गरे । नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमका संचालक रविन खत्रीले बिहानदेखि सुरु शिविरमा करिब २ सय ५० जनाले स्वास्थ जाँच गराएको बताए । उनले प्रचार प्रसारको कमी भएको र आउदा दिनमा प्रचार प्रसारलाई अझैँ तिव्र बनाउने र शिविर संचालन गर्ने पनि बताए । नागार्जुन नगरपालिकाकै सबैभन्दा दुर्गम वडाका रुपमा परिचित भिमढुंगामा सर्वसाधारण सबैले समयमै जानकारी पाउन नसकेको गुनासो समेत गरेका थिए ।

‘आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्धति हो ! यसको उपयोग गरौ अनि सँधै स्वस्थ रहौं ’ भन्ने नाराका साथ गत असोज २० गतेदेखि नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होम सञ्चालनमा आएको हो । यसअघि पनि हेल्थ होम स्थापनाकै दिन असोज २० र धन्वन्तरि दिवस, शुभदिपावली तथा छठ पर्वको उपलक्ष्यमा कात्तिक १९ गते हेल्थ होमकै प्राङगन स्वयम्भूमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । उक्त निःशुल्क स्वास्थ्य शिविरमा पाइल्स, फिस्टुला, फिसर, जन्डीस, ग्याष्ट्रिक, अल्सर तथा कब्जियतको जाँच गरिएको थियो ।


त्यस्तै, पिनास, माइग्रेन, डराउने, मन आत्तिने, अनिद्रा, स्त्रीरोग, धातु तथा यौन रोग, मुत्ररोग, जोर्नी दुख्ने, हात खुट्टा पोल्ने, सिल्का हान्ने, बाँउडिने, नशाको समस्या, बाथ रोग तथा युरिक एसिडको पनि जाँच गरिएको संचालक खत्रीले जानकारी गराए ।
त्यस्तै, उच्च/निम्न रक्तचाप, मधुमेह, मोटोपना घटाउने/बढाउने, सेतो दुवी, चाँया पोतो, डण्डिफोर, पेटमा हुने सेतो धर्सा लगायत विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।जाँचपछि औषधि समेत निःशुल्क दिएको थियो ।

आगामी दिनहरुमा दुरदराजका स्थान तथा दुःखी गरिवहरुलाई लक्षित गरी देशका विभिन्न स्थानमा यस्ता स्वास्थ्य शिविर आयोजना गर्ने तयारी पनि गरिएको संस्थाकी अध्यक्ष समिता केसीले बताईन् ।

प्रतिक्रिया