सुरु भयो कुम्भ मेला : १२ करोड मानिस कुम्भमा जाने अनुमान
सारांश
- विश्वको सबैभन्दा ठूलो आयोजना भनिने कुम्भ मेला औपचारिक मंगलबारबाट सुरु भएको छ ।
- मंगलबार कुम्भ मेलाको पहिलो शाही स्नान हो ।
- ४९ दिनसम्म चल्ने यो मेलाको समापन चार मार्चमा हुनेछ भने यहीबीचमा आठ मुखय पर्वमा शाही स्थान हुन्छ ।
विश्वको सबैभन्दा ठूलो आयोजना भनिने कुम्भ मेला औपचारिक मंगलबारबाट सुरु भएको छ । मंगलबार कुम्भ मेलाको पहिलो शाही स्नान हो । ४९ दिनसम्म चल्ने यो मेलाको समापन चार मार्चमा हुनेछ भने यहीबीचमा आठ मुखय पर्वमा शाही स्थान हुन्छ ।
शाही स्थानलाई मध्यनजर गर्दै प्रयागराज जिल्लाका सबै स्कुल÷कलेज तीन दिनसम्म बन्द गरिएको छ । इलाहाबाद आउने सबै बाटोमा ब्यारिकेडिङ गरिएको छ भने सबै जसो सवारी साधनलाई शहर बाहिर बनाइएको पार्किङ स्थलमा रोएिको छ ।
१२ करोड मानिस आउने अनुमान
४९ दिनसम्म चल्ने यो कुम्भ मेलामा करिव १२ करोड भक्तजन आउने संभावना रहेको छ। जसमध्ये करिव १० लाख विदेशी नागरिक हुने अनुमान छ । उत्तर प्रदेश सरकारले कुम्भ मेला २०१९ लाई अहिलेसम्मकै सबैभन्दा भव्य भएको बताएको छ भने सरकारले यो विषयलाई निकै ब्राण्डिङ पनि गरेको छ ।
प्रयागराजमा जहाँ प्रत्येक कुम्भ मेलाको आयोजना हुन्छ, त्यँही ब्रम्हाण्डको उद्गम भएको थियो र त्यँही पृथ्वीको केन्द्र रहेको विश्वास गरिन्छ। अर्को मान्यता के पनि छ भने सृष्टि निर्माण पहिला ब्रम्हाजीले यही स्थानमा अश्वमेध यज्ञ गरेका थिए।
कुम्भका जिल्लाअधिकारी विजय करण आनन्दका नुसार यो पटक कुम्भ मेला क्षेत्र करिव ४५ वर्ग किलोमिटरको दायरमा फैलिएको छ। जवकि यस अघि मात्र २० वर्ग किलोमिटर इलाकामा मात्रै हुन्थ्यो।
कुम्भका क्रममा प्रयागराजमा विश्वको सबैभन्दा ठूलो त्रिपालको अस्थायी शहर बस्छ। सरकारी तथ्यांक अनुसार कुम्भको आयोजनामा यो वर्ष चार हजार करोड भन्दा धेरै खर्च भएको छ।
साधु सन्तका कुल १३ अखडाकालागि प्रत्येक पर्वमा शाही स्थानको समय र स्थान अवधि प्रशासनकातर्फबाट तय गरिन्छ ।
मेला अधिकारी विजय किरण आनन्दका अनुसार १५ जनवरी भन्दा पहिलाको शाही स्थानको सुरुवात विहान पाँच बजेर १५ मिनेटमा सुरु हुने र प्रत्येक अखडालाई स्नानकालागि ४५ मिनेटको समय दिइएको छ। स्थान अपरान्ह चार बजेसम्म चल्नेछ।
शाही स्थानमा विभिन्न अखडासँग सम्बन्ध राख्ने साधु सन्त, सुन चाँहीको पाल्की, घोडा हात्तीमा बसेर स्थान गर्न गंगा यमुना र सरस्वतीको संगमा पुग्छन्। यी साधु सन्त आफ्नो शक्ति र वैभवको पनि प्रदर्शन गर्छन्। जसका कारण शस्त्र र शास्त्रको समन्वयको सन्देश दिन्छन्।
कुम्भ मेलाका विषयमा पुस्तक लेखिसकेका वरिवष्ठ पत्रकार रतिभान त्रिपाठी भन्छन्, ‘शाही स्नानलाई राजयोग स्थान पनि भनिन्छ, जसमा साधु सन्त र अन्य अनुयायी संगम या अन्य कुनै पवित्र नदीमा तय गरिएको समयमा डुब्की लगाउँछन्। शुभ मुहुर्तमा डुबकी लगाउँदा अमरताको वदरान प्राप्त हुने विश्वास छ। कुम्भका क्रममा शाही स्थानपछि मात्रै आम सर्वसाधरणलाई स्नान गर्ने अमुमति दिइन्छ।’
शाही स्थानका क्रममा अखडाका साधु सन्त आफ्नो हातमा पारम्परिक अस्त्र शस्त्र लिएका हुन्छन्। शरीरमा भष्म लगाएका हुन्छन्।
कुम्भ मेला अधिकारी विजय किरण आनन्दका अनुसार पहिलो शाही स्नानमा एक करोड मानिस कुम्भका पुगेका छन्। जबकि पूरै कुम्भका क्रममा करिव १२ करोड आउने अनुमान छ। ठूलो संख्यामा तीर्थालु आउने भएका कारण रेलवेले विशेष प्रकारको रेल संचालन गर्छ भने रोडवेजले मेला स्पेशल बस संचालन गर्छन्। प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।
राज्यका डीजीपी ओपी सिंहका अनुसार सुरक्षाकालागि एअर सर्भिलान्स र हवाई स्नाइपर्सको सहयोग लिने गरिन्छ। २२ हजार प्रहरीका अतिरिक्त अर्धसैनिक बलको ८० बटालियन पनि तैनाथ गरिएको छ। प्रशासनले पूरा मेला क्षेत्र खुला शौच मुक्त भएको दाबी गरेको छ र त्यसलाई सुनिश्चित गर्न सवा लाख भन्दा धेरै शौचालय बनाइएका छन्।
भारतको कुल चार स्थानमा कुम्भ मेलाको आयोजना हुन्छ। प्रयागराज, हरिद्वार, उज्जैन र नासिक। यी मध्ये प्रत्येक स्थानमा १२ वर्षमा कुम्भ मेला हुन्छ, पयागमा दुई कुम्भ मेलाकोबीचमा ६ वर्षको अन्तरालमा अर्धकुम्भ मेला पनि हुन्छ। परम्पराका अनुसार यो पटक अर्थ कुम्भ परिरहेको छ। तर सरकारले अर्धकुम्भको नाम परिवर्तन गरेर कुम्भ मेला र कुम्भको नाम परिवर्तन गरेर महाकुम्भ राखेको छ। सरकारको यो कामको तमाम शास्त्रीय विशेषज्ञहरुले पनि विरोध गरेका छन्। बीबीसी
प्रतिक्रिया