सोलिडारिटी कप विजेता नेपाली फुटबलरलाई जनही ३ लाख प्रदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २, २०७३
|
|
२१७ पटक हेरिएको
Shares
सोलिडारिटी कप विजेता  नेपाली फुटबलरलाई जनही ३ लाख प्रदान

सारांश

  • सरकारले एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ ।
  • सोमबार प्रधानमन्त्री प्रचण्डले पूर्व प्रतिवद्धता अनुसार खेलाडीहरुलाई जनही ३ लाख प्रदान गरेका हुन् ।
  • नेपालले सोलिडारिटी कप जिते लगतै प्रधानन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३ लाख दिने घोषणा गरेका थिए ।

सरकारले एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले पूर्व प्रतिवद्धता अनुसार खेलाडीहरुलाई जनही ३ लाख प्रदान गरेका हुन् । नेपालले सोलिडारिटी कप जिते लगतै प्रधानन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३ लाख दिने घोषणा गरेका थिए ।

बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली टोलीका कप्तान अनिल गुरुङले अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि पहल गर्न माग गरेका थिए ।

लगतै प्रधानमन्त्री प्रचण्डले यसका लागि आवश्यक पहल गर्न सम्वन्धित निकायलाई निर्देशन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?