नेकपा एमालेले सिन्धुपाल्चोकमा आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
१९१७ पटक हेरिएको
Shares

सारांश

  • सिन्धुपाल्चोक – स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिन्धुपाल्चोकमा आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।
  • एमाले तीन नम्वर प्रदेश समितिले जिल्लाको सिफारिसलाई आधार मान्दै सिन्धुपाल्चोकका सबै १२ तहमा ५ सय ३९ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
  • प्रदेश समितिका सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङका अनुसार बाह्रबिसे नगरपालिका प्रमुखमा निमफुन्जो शेर्पा र उपप्रमुखमा सुशिला पाख्रिनलाई उम्मेदवार बनाइएको छ ।

सिन्धुपाल्चोक – स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिन्धुपाल्चोकमा आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।

एमाले तीन नम्वर प्रदेश समितिले जिल्लाको सिफारिसलाई आधार मान्दै सिन्धुपाल्चोकका सबै १२ तहमा ५ सय ३९ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो । प्रदेश समितिका सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङका अनुसार बाह्रबिसे नगरपालिका प्रमुखमा निमफुन्जो शेर्पा र उपप्रमुखमा सुशिला पाख्रिनलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै चौतारा नगरपालिका प्रमुखमा सोम सापकोटा, उपप्रमुखमा सीता थापा तथा मेलम्ची नगरपालिका प्रमुखमा डम्बर अर्याल र उपप्रमुखमा भगवती नेपाललाई उम्मेदवार बनाइएको छ । त्रिपुरा सुन्दरी गाउँपालिकामा भूपेन्द्र श्रेष्ठ र दुर्गा नेपाल, लिसंखु पाखरमा कमल नेपाल र हेमगंगा मोक्तान, सुनकोसीमा शिव न्यौपाने र देबी अधिकारी तथा बलेफी गाउँपालिकामा केदार क्षेत्री र कमला कायस्थलाई अध्यक्ष र उपाध्यक्षको टिकट दिइएको छ ।

जुगल गाउँपालिकामा होमनारायण श्रेष्ठ र सिर्जना तामाङ, इन्द्रावतीमा झम्क नेपाल र सरस्वती अधिकारी, पाँचपोखरी थाङपालमा टासी लामा र सुनिता अधिकारी तथा हेलम्बु गाउँपालिकामा हस्त पण्डित र निमाज्याङ्मु लामालाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाइएको इन्चार्ज तामाङले बताए ।

निर्णय लिइसके पनि एमालेले भोटेकोसी गाउँपालिका अध्यक्ष, उपाध्यक्षको नाम सार्वजनिक गरेको छैन । उता उम्मेदवार छनौटमा असन्तुष्ट एमाले कार्यकर्ताले मेलम्चीस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । मेलम्चीबाट प्रमुखमा बालकृष्ण देउजा र धर्मकृष्ण श्रेष्ठमध्ये एकलाई प्रमुख बनाइनु पर्ने माग गर्दै क्षेत्रीय कार्यालयमा केही दिनअघि लगाइएको ताला खुलेको छैन ।

जिल्लाले उम्मेदवार बनाइएका अर्यालसहित तीनै जनाको नाम सिफारिस गरे पनि देउजा र श्रेष्ठले टिकट पाएनन् । एमाले जिल्ला समितिले साताअघि नै गाउँ, नगरबाट सिफारिस भइ आएका आकांक्षीको नाम जस्ताको त्यस्तै प्रदेशमा पठाए पनि मेलम्चीकै विवादका कारण निर्णयमा ढिलाई भएको थियो । एमालेले वडाका सबै उम्मेदवार भने सर्वसम्मत छनोट गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैतदेखि बन्द लाइसेन्स नविकरण आजदेखि सुरु
चैतदेखि बन्द लाइसेन्स नविकरण आजदेखि सुरु
राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा
राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा
कोरोना प्रकोप : सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित
कोरोना प्रकोप : सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?’
‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?’
दूध संकलन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै डीडीसी: साउनभित्र सम्पर्कमा नआउने फार्म र सहकारीबाट दूध नकिन्ने
दूध संकलन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै डीडीसी: साउनभित्र सम्पर्कमा नआउने फार्म र सहकारीबाट दूध नकिन्ने
जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष दाहाल
जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष दाहाल
भोदी खेल संरक्षणमा जुटे थारु समुदाय
भोदी खेल संरक्षणमा जुटे थारु समुदाय
सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता
सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता