अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
सारांश
- काठमाडौं ।
- धुमुर्स–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे आर्टिकल लेख्ने पत्रकार विनोद ढकाललाई ज्यान मार्ने धम्की आएको छ ।
- काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका ढकाललाई सो रंगशालाबारे लेखेको भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक संजालमार्फत् ज्यान मार्ने धम्की दिएको ढकाललाई उधृत गर्दै फ्रिडम फोरमले जनाएको छ ।
काठमाडौं । धुमुर्स–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे आर्टिकल लेख्ने पत्रकार विनोद ढकाललाई ज्यान मार्ने धम्की आएको छ ।काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका ढकाललाई सो रंगशालाबारे लेखेको भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक संजालमार्फत् ज्यान मार्ने धम्की दिएको ढकाललाई उधृत गर्दै फ्रिडम फोरमले जनाएको छ ।ढकाल जनप्रहार साप्ताहिकका प्रधान सम्पादक हुन् । उनी लाहुरी टिभी तथा दैनिक नेपाल अनलाईनसँग आबद्ध छन् ।
धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा बनाउन लागेको अन्तर्राष्ट्रिय रंगशाला क्षेत्रमा लगाइएको जस्तापाताको बारलाई केही दिनअघि स्थानीयहरुले डोजर चलाएर भत्काएपछि विनोद पत्रकार ढकालले विभिन्न कोणबाट त्यसको समीक्षा गरी दैनिक नेपाल अनलाईनमा प्रकाशन गरेका थिए ।उनको लेखमा रंगशाला निर्माणको आवश्यकता, जिम्मेवारी लगायतका विषयहरु समावेश गरिएको भन्दै ज्यान मार्ने धम्की आएको बताइएको छ । सो लेख गत मे ३१ का दिन प्रकाशित भएको थियो ।
फ्रिडम फोरमसँग टेलिफोन संवादमा पत्रकार ढकालले रंगशालाका विरुद्धमा टिप्पणी गरेको भन्दै आफूलाई धेरै तिरबाट ज्यानमार्ने धम्की आएको बताएका छन् ।फ्रिडम फोरमले एक विज्ञप्ती जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रता पूर्वक आफ्नो बिचार तथा अभिव्यक्त गर्न पाउने संवैधानिक व्यवस्थाविरुद्ध भएका यस्ता घटनाको भत्र्सना गरेको छ ।साथै फोरमले सरकार तथा सम्बन्धित सरोकारवालासँग पत्रकारको ज्युधनको ग्यारेण्टी गर्न मागसमेत गरेको छ ।
प्रतिक्रिया