हामीले चुनाव जित्ने वितिक्कै खानेपानीको समस्या हल गर्न तिर लाग्छौं:खत्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
१४९३ पटक हेरिएको
Shares
हामीले चुनाव जित्ने वितिक्कै खानेपानीको समस्या हल गर्न तिर लाग्छौं:खत्री

सारांश

  • काठमाडौ जिल्ला अन्तर्गत हालको नागार्जुन नगरपालीका अर्थात साविकको सीतापाईला,भिमढुंगा,रामकोट,स्यूचाटार र इचंगु गाविस मिलेर बनेको नयाँ नगरपालीका हो ।
  • यही बैशाख ३१ गते हुन लागेको स्थाानिय निकायको पहिलो चरणको निर्वाचनमा यहा विभिन्न पार्टीहरुमा उम्मेदवारीका लागि तछाडमछाड भएको थियो ।
  • धेरै क्षेत्र समेटेर बनेको यस नगरपालीकामा विभिन्न पार्टीका थुप्रै आकाक्षी रहनु स्वाभाविक नै हो ।

काठमाडौ जिल्ला अन्तर्गत हालको नागार्जुन नगरपालीका अर्थात साविकको सीतापाईला,भिमढुंगा,रामकोट,स्यूचाटार र इचंगु गाविस मिलेर बनेको नयाँ नगरपालीका हो । यही बैशाख ३१ गते हुन लागेको स्थाानिय निकायको पहिलो चरणको निर्वाचनमा यहा विभिन्न पार्टीहरुमा उम्मेदवारीका लागि तछाडमछाड भएको थियो । धेरै क्षेत्र समेटेर बनेको यस नगरपालीकामा विभिन्न पार्टीका थुप्रै आकाक्षी रहनु स्वाभाविक नै हो । त्यसमा पनि मुलुकमा लामो समय देखि स्थानिय निकायको निर्वाचन हुन नसकिरहेको परिप्रेक्षमा स्थानियबासीले निर्वाचनलाई एउटा ठूलो चाडको रुपमा लिएको पाइएको छ । नेकपा एमालेका यस क्षेत्रका थुप्रै मेयरका आकांक्षीहरुबीच चुनिएर नगर प्रमुखमा उम्मेदवारी दिएका कृष्णहरी खत्रीले कसरी हाक्दैछन त नागार्जुनको चुनाव उनीसँग शिखर न्युजका लागि  जनार्जन पौडेलले  लिएको अन्तवार्ताको सम्पादित अंश यस प्रकार रहेको छ ।

नागार्जुन नगरपालीकाका मेयर कृष्णहरी खत्री साथमा उपमेयर सुशिला अधिकारी

सर्वप्रथम तपाइँको व्यक्तिगत तथा सांगठनिक परिचय दिनुहोस न ?
मेरो नाम कृष्णहरि खत्री हो । मेरो जन्म २०३० असोज ३ गते हालको नागार्जुन नगरपालीका १० – स्युचाटार मा भएको हो । मैले समाजशास्त्रमा स्नातकोत्तर सम्म अध्ययन गरेको छु । मेरो राजनीतिक पृष्ठभूमिको कुरा गर्नुपर्दा २०४७ सालमा पार्टी सदस्य भएर २ कार्यकाल युवा संघ क्षेत्रिय अध्यक्षको रुपमा काम गरेको छु । २०५४ सालमा स्थानीय निर्बाचनमा पार्टीका तर्फबाट तत्कालिन स्युचाटार गाविस अध्यक्षको उमेदवार समेत भएको थिएँ । हाल म नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय सदस्य एवम पर्यटन प्रबर्धन केन्द्रीय विभाग सदस्यको रुपमा रहेको छु ।

 

निकै नै घम्साघम्सीकाबीच यहाँको उम्मेदवारी चयन भएको छ,आफूसँगै प्रतिस्पर्धा गरेका आफ्नैपार्टीका अन्य मेयरका आकांक्षी साथिहरुलाई कसरी मिलाएर लैजाने बिचार गर्नुभएको छ
?
त्यो एउटा समय थियो , करिव २० बर्षको बिचमा स्थानिय निर्वाचन भएको छ यतिधेरै नेता कार्यकर्ता भएको पार्टीमा उम्मेदवारको आकांक्षी थुप्रै हुनु स्वाभाविक पनि हो । जिम्मेवारी लिन चाहनेहरुको प्रतिस्पर्धा हुनु र यसबीचमा पार्टीले मलाई जिम्मेवारी दिनुमा त्यस्तो अनौठो मान्नुपर्ने खास कुनै कुरा छैन । त्यसमा अरु पनि योग्य साथिहरु हुनुहुन्थ्यो होला अव ती सब केलाएर बस्ने हैन ती साथिहरु नै नेकपा एमालेलाई जिताउनु पर्छ भनेर लागिसक्नु भएको छ । अब चुनाव जित्दा नेकपा एमालेले जित्ने हो हारे पनि एमालेले हार्ने हो । त्यसैले हामीले ती सब पुराना कुरा बिर्सीसकेका छौं । सबै साथिहरु लागिपरिरहेका छन तपाइँले देख्नु नै भएको छ ।

नागार्जुन नगरपालीकाका के कस्ता सम्भावना र चुनौती देख्नु भएको छ ?
नागार्जुन नगरपालीका विभिन्न गाउँहरु मिलेर बनेको नगरपालीका हो । जसमा गाउँदेखि शहर सम्मका क्षेत्र पर्दछन् । यहा भर्खरै विकाश भएको वस्तीहरु इचंगु,सीतापाईला,स्यूचाटार आदि रहेका छन भने परम्परागत रुपमा बसिरहेको बस्तीहरुमा भिमढुंगा,रामकोट र स्यूचाटारको माथिल्लो भेग आदि रहेका छन् । यी वस्तीको विचमा विकासलाई सन्तुलित रुपमा अगाडि बढाएर लैजानु पर्ने चुनौती मेरो अगाडि रहेको छ ।
नागार्जुन नगरपालिका प्रशस्त सम्भावना बोकेको नगरपालीका हो धार्मिक,प्राकृतिक र सांस्कृतिक हिसावले नै महत्वपूर्ण छ यो नगरपालीका । राष्ट्रिय निकुन्ज,कृषिका सम्भावना ,पर्यटकिय हिसावले पनि क्षेत्रहरु प्रशस्त छ । धार्मिक हिसावले पनि आदेश्वर इचंगुनारायण जस्ता प्रमुख तिर्थस्थलहरु पनि यसै नगरपालीकामा पर्दछन । तीनको संरक्षण गर्दै धार्मिक र सांस्कृतिक पर्यटनको विकाश गर्ने समेत प्रचुर सम्भावनाहरु रहेका छन् ।
कसरी गर्ने योजना बनाउनु भएको छ यी सबै क्षेत्रको विकास ?
हाम्रा यी क्षेत्रका लागि कम्तिमा पनि १ अरब भन्दा बढीको बार्षिक बजेट बनाउदै हामी विकाशका कामहरुलाई अगाडि बढाएर लाने योजना रहेको छ ।
नागार्जुन नगरपालीका कस्तो बनाउने सपना छ ?
विकासका प्रचुर सम्भावना र साधन स्रोत हुँदा हुदै पनि पछाडी परेको नागार्जुन नगरपालीकालाई नमुना शहरको रुपमा विकशित गर्नै मेरो धेय रहको छ । जसमा हाम्रो पहिलो प्राथमिकताको विषय नै जनजिविकाको विषय रहेको छ भने दोस्रोविकासका पूर्वाधारका कुरा । हामी यहाँका सबै बस्तीहरुमा सुरक्षित बाटो पुर्याउछौ, जसमा कालोपत्रे गर्ने देखि लिएर बाटोको आवश्यकता अनुसार ढलान गर्नुृपर्ने होस वा रोडको छेउमा साइड ड्रेन बनाउनुपर्ने होस बाटोको कामलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं । त्यसैगरी सुरक्षित, स्वच्छ, सफा खानेपानी नगरबासीलाई वितरण गर्ने हाम्रो योजना रहेको छ । हामी मुहानदेखि मुखसम्म स्वच्छ खानेपानी घरघरै पुर्याउछौ । जसका लागि हामीले ‘एक घर एक धारा’को नीति नै तय गरेका छौं ।

यसैगरी यस क्षेत्रमा हामिले स्वास्थ्यको पनि थुप्रै समस्याहरु देखेका छौ । विशेष गरी रामकोट देखि भिमढुंगा सम्म स्वाथ्यचौकीहरु राम्रोसँग सञ्चालन नभएकाले स्वास्थ्य चौकीको राम्रो व्यवस्थापन गर्ने साथै नागार्जुनमै नगरपालीकाकै सुविधासम्पन्न अस्पताल बनाउने समेत योजना गरेका छौं । त्यसका साथै शिक्षा क्षेत्रमा पनि शिक्षाको गुणस्तर वृद्धि गर्ने हामीले योजना गरेका छौ ।मुलत माध्यामिक तहसम्मको शिक्षालाई सामुदायिक विद्यालयहरुमा निशुल्क बनाउने हाम्रो योजना रहेको छ ।
नागार्जुनको टड्कारो समस्या के देख्नुभएको छ ?त्यसलाई समाधान गर्न यहाको पार्टीले के गर्छ ?
यहाँ थुप्रै समस्याहरु रहेका छन जसमध्ये टड्कारो समस्या चाहिँ बस्ती विकाससँगै बढेको खानेपानीको समस्या हो । हामीले चुनाव जित्ने वितिक्कै हामी खानेपानीको समस्या हल गर्न तिर लाग्छौं ।

अन्त्यमा आफ्ना मतदाताहरुलाई के भन्न चाहनुहुन्छ,किन एमालेलाई नै मत दिने ?
नेकपा एमालेले लिएको पछिल्लो नीति राष्ट्रियताको नीति ,सम्वृद्ध नेपाल बनाउने नीति,जनजीवीकालाई माथि उकास्ने नीति जुन छ त्यो नीति नै नेकपा एमालेलाई जिताउन पर्याप्त हुन्छ । विकाश र न्यायको पक्षमा लाग्ने सबैको जीत हुनलाई नेकपा एमालेलाई नै जिताउनु पर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?