एक सय २३ घरेलु हिंसाका उजुरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
एक सय २३ घरेलु हिंसाका उजुरी

सारांश

  • रुपन्देही, १३ मङ्सिर , यो आर्थिक वर्षमा रुपन्देहीमा एक सय २३ जना महिला घरेलु हिंसामा परेका छन् ।
  • यो आवको भदौदेखि अहिलेसम्म एक सय २३ महिलाले घरेलु हिंसाको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
  • यो वर्ष मानव बेचबिखन तथा ओसारपसारका ३८, जबर्जस्ती करणीको प्रयास २७, जबर्जस्ती करणी उद्योगअन्तर्गत नौ, बहुविवाहको १६, बालविवाहको एक, कर्तव्य ज्यानसम्बन्धी दुई वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका महिला सेलका असई मीना आचार्यले जानकारी दिनुभयो ।

रुपन्देही, १३ मङ्सिर , यो आर्थिक वर्षमा रुपन्देहीमा एक सय २३ जना महिला घरेलु हिंसामा परेका छन् ।

यो आवको भदौदेखि अहिलेसम्म एक सय २३ महिलाले घरेलु हिंसाको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यो वर्ष मानव बेचबिखन तथा ओसारपसारका ३८, जबर्जस्ती करणीको प्रयास २७, जबर्जस्ती करणी उद्योगअन्तर्गत नौ, बहुविवाहको १६, बालविवाहको एक, कर्तव्य ज्यानसम्बन्धी दुई वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका महिला सेलका असई मीना आचार्यले जानकारी दिनुभयो ।

अधिकांश कुटपिट र घरायसी विवादका घटना आउने गरेको प्रहरीले जनाएको छ । घरेलु हिंसाका घटनामध्ये तीन वटा घटनाको मात्रै मुद्दा दर्ता भएको छ । अन्य सबै घटनामा मिलापत्र हुने गरेको असई आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?