अफगानिस्तानविरुद्ध पाकिस्तानको संघर्षपूर्ण जित, शीर्ष चारमा उक्लियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
अफगानिस्तानविरुद्ध पाकिस्तानको संघर्षपूर्ण जित, शीर्ष चारमा उक्लियो

सारांश

  • काठमाडौं ।
  • अफगानिस्तानमाथि संघर्षपूर्ण जित निकाल्दै पाकिस्तानले सेमिफाइनल दौडा कायम राखेको छ ।
  • लीड्समा भएको खेलमा २२८ रनको लक्ष्य पाएको पाकिस्तानले २ बल बाँकी रहँदा ३ विकेटले अफगानिस्तानलाई पराजित गर्दै महत्वपूर्ण २ अंक प्राप्त गर्यो ।

काठमाडौं । अफगानिस्तानमाथि संघर्षपूर्ण जित निकाल्दै पाकिस्तानले सेमिफाइनल दौडा कायम राखेको छ । लीड्समा भएको खेलमा २२८ रनको लक्ष्य पाएको पाकिस्तानले २ बल बाँकी रहँदा ३ विकेटले अफगानिस्तानलाई पराजित गर्दै महत्वपूर्ण २ अंक प्राप्त गर्यो ।

जितपछि ९ अंकका साथ पाकिस्तान पहिलो पटक अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । इंग्ल्याण्ड पाँचौ स्थानमा धकेलिएको छ । शीर्ष ४ टिम सेमिफाइनल प्रवेश गर्नेछन् । अष्ट्रेलिया सेमिफाइनल पुगिसकेको छ ।

लगातार विकेट गुमाएपछि दबाबमा आएको पाकिस्तानलाई इमाद वासिमले नटआउट ४९ रन बनाउँदै संघर्षपूर्ण जित दिलाए । स्पीनरलाई सहयोगी पीचमा अफगानी स्पीनर सामु पाकिस्तानी ब्याट्सम्यान संघर्ष गरेको देखिएको थियो ।

पाकिस्तानका लागि बाबर आजमले पनि ४५ रनको योगदान दिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेके अफगानिस्तानले ९ विकेटमा २२७ रन बनाएको थियो । उसका लागि नजीवुल्ला जर्दान र अस्गार अफगानले ४२–४२ रन बनाएका थिए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिएका थिए । लीगको अन्तिम खेल पाकिस्तानले बंगलादेशसँग खेल्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?