अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी

सारांश

  • बढ्दो सहरिकरण र बस्ति का कारण काठमाडौ खुम्चदै गएको छ।
  • धुवाँ , धुलो प्रदुषणले शारीरिक अस्वथता हुनु त स्वभविक नै हो तर यस्को कारन मानसिक स्वास्थमा समेत प्रतिकुल असर पारिरहेको छ ।
  • तनाब बड्ने , रिस उठ्ने , अल्छी लाग्ने, नकरात्मक सोच बड्ने प्रबृती मानिसहरुमा देखिन थालेको छ   आफ्नो वरपरका स्थानहरुमा ठेलम्ठेल गरि भवन बनिरहेको , सार्वजनिक खोला नाला , पाखा पखेरा , ताल पोखरी , धारा पधेरा समेत लोप हुँदै गएका छ्न र भएका केही सर्वजनिक जग्गाहरुमा पनि भवनहरु मात्र बन्ने होड चल्न थाले पछि बुढानिलकण्ठ ११ का सुदर्शन के सी ले सोही स्थानका समाजसेवी इच्छाराम खड्काद्वारा दान गरिएको करिब सात आना जग्गालाइ खुल्ला आकाशमुनि को सुन्दर पार्क बनाउने तत्परता देखाएका छन।
बढ्दो सहरिकरण र बस्ति का कारण काठमाडौ खुम्चदै गएको छ। धुवाँ , धुलो प्रदुषणले शारीरिक अस्वथता हुनु त स्वभविक नै हो तर यस्को कारन मानसिक स्वास्थमा समेत प्रतिकुल असर पारिरहेको छ । तनाब बड्ने , रिस उठ्ने , अल्छी लाग्ने, नकरात्मक सोच बड्ने प्रबृती मानिसहरुमा देखिन थालेको छ
 
आफ्नो वरपरका स्थानहरुमा ठेलम्ठेल गरि भवन बनिरहेको , सार्वजनिक खोला नाला , पाखा पखेरा , ताल पोखरी , धारा पधेरा समेत लोप हुँदै गएका छ्न र भएका केही सर्वजनिक जग्गाहरुमा पनि भवनहरु मात्र बन्ने होड चल्न थाले पछि बुढानिलकण्ठ ११ का सुदर्शन के सी ले सोही स्थानका समाजसेवी इच्छाराम खड्काद्वारा दान गरिएको करिब सात आना जग्गालाइ खुल्ला आकाशमुनि को सुन्दर पार्क बनाउने तत्परता देखाएका छन। अरुले त्यस जग्गामा पार्क बन्न सक्ने बिस्वास नै गरेका छैनन। भिर अनि फोहोर फ्याक्ने स्थल बनेको उक्त जग्गामा एउटा बहु उद्सिय पार्क बन्ने कुरामा सुदर्शन बिस्वस्त छ्न। उनी भन्छ्न । पहिलो चरणमा stone walling गराइ उचाइ केहि बढाइने छ र करिब ३८/२५ फिटको चौर तयार गरिने छ । उक्त चौर मा कुना मिलाइ TT बोर्ड राखिने छ। र साइड्मा ब्याट्मेन्ट्न को लागि दुई वटा पोल राखिने छ। चौर को साइड साइड मा आकर्सक र कलात्मक गार्डेन बनाइने छ। कलात्मक रुपमा आइरन बार र फ्रेम भित्र भिबिन्न फुलहरु ले सजवट गरिने छ। साथै आकर्षक सिट हरु को निर्माण गरिने छ। सन्तोशी मन्दिरको पाटी को पश्चिम पर्खाल हटाइ च्यानल गेट राखिने छ र उक्त पाटीलाई एउटा स्टेजको रुपमा प्रयोग गरिने छ । चौरबाट स्टेजमा हुने धार्मिक, सामाजिक विभिन्न कृयाकलाप देख्न सकिने छ ।
सानो तर सृजनात्मक यो कार्यक्रमको योजना बुझे पछि स्थानिय समाजसेवि जग्गादाता इच्छाराम खड्का, नरहरी खड्का, जयरथ खड्का, पैयाटार युनाईटेड क्लब स्थानिय राजनितिग्य आत्मराम पौडेल , राजाराम बुढाथोकी , अच्युत प्रसाद पौडेल , राजेन्द्र बुढाथोकी , धुर्ब खड्का श्याम सुन्दर भन्डारीले सहयोग गर्न थालेका छ्न। यसै क्रममा बुढानिलकन्ठ नगर पालिकाले रु ३००००० प्रदान गर्ने भएको छ। तीन लाखले चौर सम्म नबन्ने भए पछि अ्मेरिका निवासी नेपाली पत्रकार एबम बिकास प्रेमी बिजय पौडेललाई के सी ले सहयोगको लागि अपिल गरे पश्चात् पौडेलले रु पचास हजार सहयोग गर्ने प्रतिबद्धता गर्दै रकम जुटाउन लागि परेका छ्न। कपन घर भएका अमेरिकामा बसोबाँस गर्ने धेरै नेपालीले सो पार्क सम्पन्न गराउन सहयोग गर्ने पौडेलले के सी लाई जानकारि गराए। यसै क्रममा अमेरिका बस्दै आएका बिदुर खड्काले राम्रो काममा आफ्नो महत्त्वपूर्ण सहयोग पुराउने वाचा सहित के सी लाई हौसला दिएको के सी ले बताए
सहयोगी सबै हात हरुको स्वीकार गर्दै एउटा नमुना पार्क बनाउने र बालक युवा, वृद्ध सबैको लागि सृजनात्मक वातावरण को बिकास गर्ने अनि सहयोगी हात हरुको समेत उचित सम्मान गरिने भएकोले दिल खोलेर सहयोग गरिदिनु हुन के सी अनुरोध गर्दछ्न।
सहयोग र बृस्तित जानकारिका लागि ९८४१४५४०८७ मा सम्पर्क गर्ने सकेने कुराको जान्कारी के सी ले गराए

(https://wbctx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?