अभिनेत्री महिमा सिलवालको दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
५४ पटक हेरिएको
Shares
अभिनेत्री महिमा सिलवालको दुर्घटनामा मृत्यु

सारांश

  • अभिनेत्री महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ ।
  • बुधवार साँझ ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिदा अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
  • स्कुटरमा उनकी बहिनी शर्मिला सिलवाल पनि सवार थिइन् ।

अभिनेत्री महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । बुधवार साँझ ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिदा अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

स्कुटरमा उनकी बहिनी शर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु स्कुटरमा काठमाडौंबाट चितवन घर जाँदै थिए । अभिनेत्री महिमा सिलवालकी बहिनी शर्मिलाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले अभिनेत्री महिमाको पार्थिव शरीर गजुरीमा र शर्मिलाको ट्रमा सेन्टरमा राखिएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी अभिनेत्री सिलवालले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । ‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनीत अझै आधा दर्जन फिल्म प्रदर्शनको पखाईमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ
प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ
जावलाखेलमा सुरु भयो पुष्प मेला
जावलाखेलमा सुरु भयो पुष्प मेला
संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ
संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
दुर्घटनामा दुईको मृत्यु, नौ घाइते
दुर्घटनामा दुईको मृत्यु, नौ घाइते
माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी
माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी
रियल मड्रिडले सार्वजनिक गर्यो बेच्ने १३ खेलाडीको सूची
रियल मड्रिडले सार्वजनिक गर्यो बेच्ने १३ खेलाडीको सूची
एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँमोबाइल साट्ने अफर
एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँमोबाइल साट्ने अफर
Nita Ambani dances to ‘Shubhaarambh’ at Akash Ambani-Shloka Mehta’s pre-engagement ceremony!
Nita Ambani dances to ‘Shubhaarambh’ at Akash Ambani-Shloka Mehta’s pre-engagement ceremony!
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ