अमेरिकामा आँधीः छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
२५ पटक हेरिएको
Shares
अमेरिकामा आँधीः छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

सारांश

  • रोलिङफोर्क (मिसिसिपी) ।
  • देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान गुमाएका छन्भने सयौँ घाइते भएका छन् ।
  • खोज तथा उद्धार प्रयास जारी छ भने राज्य सरकारले आपत्काल घोषणा गरेको छ ।

रोलिङफोर्क (मिसिसिपी) । देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान गुमाएका छन्भने सयौँ घाइते भएका छन् ।
खोज तथा उद्धार प्रयास जारी छ भने राज्य सरकारले आपत्काल घोषणा गरेको छ ।

आँधीबाट रोलिङफार्क अति प्रभावित भएको छ । कुच्चिएका मोटरकार, इँटा र शिशाले सडक हेरिनसक्नु छ भने पुरै शहर प्रायः भग्नावशेषमा परिणत भएको छ । यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन् ।

पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ । सबैतिर तहस–नहस । वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ । वोटविरुवा सोत्तर भएका छन् ।

घरहरू भत्केका छन्, तिनका भग्नावशेष यत्रतत्र फैलिएका छन् । रुख जरैदेखि उखेलिएका छन् । मोटरकार उत्तानो परेका छन् । घरका पर्खाल र छाना देखिदैनन् । भग्नावशेषको उरुङबाहेक केही देखिँदैन । दुई सय ६५ देखि तीन सय २० किलोमिटरको बेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले केही राखेको छैन– सबैतिर विनाशै विनाश, क्षति नै क्षति । अकल्पनीय क्षति ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयमा आगलागी नियन्त्रण
विद्यालयमा आगलागी नियन्त्रण
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
संसदमा टाँसियो महराको राजीनामाको सूचना
संसदमा टाँसियो महराको राजीनामाको सूचना
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन रुससँग परराष्ट्रमन्त्री साउदको आग्रह
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन रुससँग परराष्ट्रमन्त्री साउदको आग्रह
काङ्ग्रेस नेता देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी
काङ्ग्रेस नेता देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी
नेपाली कामदार लिन मलेसियाका मानव संशाधन मन्त्री नेपाल अाउँदै
नेपाली कामदार लिन मलेसियाका मानव संशाधन मन्त्री नेपाल अाउँदै
मन्त्री योगेश भट्टराईलाई हटाउन लागि पर्ने को को हुन् ?
मन्त्री योगेश भट्टराईलाई हटाउन लागि पर्ने को को हुन् ?

तपाईंले छुटाउनुभयो कि?