महाेत्तरीमा सर्पकाे अातंक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
महाेत्तरीमा सर्पकाे अातंक

सारांश

  • अस्बीन खडका, बर्दिवास, १५ साउन ।
  •   महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१ मा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ ।
  • अर्का १ जनाको अवस्था गम्भीर छ ।

अस्बीन खडका, बर्दिवास, १५ साउन ।  महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१ मा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ । अर्का १ जनाको अवस्था गम्भीर छ ।

गोदावरी नगरपालिका–२ अत्तरिया घर भइ बर्दिवास नगरपालिकास्थित श्री सिदार्थ बोर्डिङ स्कुलमा यूकेजीअध्ययनरत ८ वर्षका दशरथ ऐरेको राती सर्पको टोकाइबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको छ । सिद्धार्थ बोर्डिङ स्कुलको आवास क्षेत्रमा बस्दै आएका निज ऐरेलाई सुतेकै ठाँउमा सर्पले डसेको हो ।

सर्पको अर्का एक विद्यार्थीलाई पनि टोकेको छ । कक्षा ९ मा अध्ययनरत बर्दिवास १ निवासी आशीष ढकाललाई सर्पले टोकेको हो । उनको बर्दिबासस्थित सर्प दंश उपचार केन्द्रमा उपचार भइरहेको बर्दिवासका प्रहरी उपरीक्षक नकुल पोखरेलले जनाए ।

उक्त छात्रावासमा ४० भन्दा बढी विद्यार्थी बस्दै आएका छन् । केही दिन अघि बर्दिवासमा एकैदिन सर्पको टोकाइबाट ४ जनाको ज्यान गएको थियो,केही दिन यता वर्षाको कारण यस क्षेत्रमा बिसालु सर्पको बिगबिगी बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
प्रहरी माथि हाबि हुदै नेपालका रास्ट्रीय राजनिति पार्टी…
प्रहरी माथि हाबि हुदै नेपालका रास्ट्रीय राजनिति पार्टी…
निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
प्रधानमन्त्रीको स्वीकारोक्ति : यति ठूलो विपदको पूर्वतयारी थिएन
प्रधानमन्त्रीको स्वीकारोक्ति : यति ठूलो विपदको पूर्वतयारी थिएन
यि हुन फेसबुकमा ४३ लाख फ्लोअर भएकी विश्वकै ‘सुन्दर’ बालिका
यि हुन फेसबुकमा ४३ लाख फ्लोअर भएकी विश्वकै ‘सुन्दर’ बालिका
प्रकाश दाहालको फेसबूक अकाउन्ट स्टाटस परिवर्तन !
प्रकाश दाहालको फेसबूक अकाउन्ट स्टाटस परिवर्तन !
बजारमा विषादी प्रयोग गरेका आँप छ्यापछ्याप्ती
बजारमा विषादी प्रयोग गरेका आँप छ्यापछ्याप्ती
आफैले जन्माएको नवजात शिशु हत्याको अभियोगमा आमा पक्राउ
आफैले जन्माएको नवजात शिशु हत्याको अभियोगमा आमा पक्राउ