भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ८, २०७६
|
|
४० पटक हेरिएको
Shares
भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने

सारांश

  • भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ ।
  • नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहनाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा दुई हजार बढी पर्यटक भित्र्याइने र उनीहरुलाई भव्य स्वागत गर्ने योजना बनाइएको छ ।

भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहनाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा दुई हजार बढी पर्यटक भित्र्याइने र उनीहरुलाई भव्य स्वागत गर्ने योजना बनाइएको छ । पर्यटन प्रवद्र्धनका लागि बनेको प्रदेशस्तरीय समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले विशेष कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहको साझेदारी खोजिएको बताउनु भयो ।
होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले भन्नुभयो, “पर्यटकले चाहेमा जङ्गल सफारीसमेत गर्ने व्यवस्था मिलाइएको छ । ” प्रदेश नं ५ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा आयोजना हुनेछ ।
भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि निकुञ्जमा सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । उहाँले पर्यटकलाई निकुञ्ज अवलोकन गर्न आउन आग्रह गर्दै यहाँको प्राकृतिक मनोरम वातावारणको आनन्द लिन सबैलाई जङ्गल सफारी खुला गरिएको बताउनुभयो ।

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले ५ नं प्रदेशका सबै जिल्लामा विविध कार्यक्रमका साथ भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारीरूपमा अघि बढाइने निर्णय भएको जानकारी दिनुभयो । बाँकेका घरवासले पनि भ्रमण वर्ष लक्षित विशेष अभियान शुरु गरेको पर्यटन प्रवद्र्धन प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना
‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई
‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई
स्थानीय तहमा कृषि : चुनौती र अवसरहरु
स्थानीय तहमा कृषि : चुनौती र अवसरहरु
पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच  बिहिबार पार्टी एकता घाेषणा !
पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच  बिहिबार पार्टी एकता घाेषणा !
संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
लुम्बिनी विश्वविद्यालयबाट १०७ विद्यार्थी दीक्षित हुँदै
लुम्बिनी विश्वविद्यालयबाट १०७ विद्यार्थी दीक्षित हुँदै
अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज द्वारा पीडित मजदुरलार्इ सहयाेग
अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज द्वारा पीडित मजदुरलार्इ सहयाेग
तीन खानसँग फिल्म खेल्न अस्वीकार गर्ने नायिकाहरू
तीन खानसँग फिल्म खेल्न अस्वीकार गर्ने नायिकाहरू