पेस्तोलको गोली र लागूऔषधसहित सरकारी कर्मचारी पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
पेस्तोलको गोली र लागूऔषधसहित सरकारी कर्मचारी पक्राउ

सारांश

  • लहान,१४ माघ ।
  •   सरकारी कर्मचारीहरु नै पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेको घटनाले यतिबेला चर्चा बटुलेको छ ।
  • जिल्ला प्रशासन कार्यालय सिरहाका कम्प्युटर अपरेटरसहित दुई जना पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेपछि प्रहरीले त्यसलाई विशेष रुपमा अनुसन्धान अगाडि बढाइरहेको छ ।

लहान,१४ माघ ।  सरकारी कर्मचारीहरु नै पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेको घटनाले यतिबेला चर्चा बटुलेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका कम्प्युटर अपरेटरसहित दुई जना पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेपछि प्रहरीले त्यसलाई विशेष रुपमा अनुसन्धान अगाडि बढाइरहेको छ ।

कर्जन्हा निवासी सरोज कुमार पासवान र कल्याणपुर निवासी शितल झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पासवान जिल्ला प्रशासन कार्यालय सिरहामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् । झाले भने सिरहामा रेडियो सञ्चालनको तयारी गरिरहेका थिए ।

दुबै जनाको साथबाट कटुवा पेस्तोलमा लाग्ने दुई थान गोली र ९८ थान नाइट्रोजन लगायतका लागूऔषध ट्याबलेट बरामद गरिएको डिएसपी गजुसिधी बज्राचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?