जापानका विदेशमन्त्री, फ्रान्स वदेश मन्त्रालयका महासचिव नेपाल आउँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
जापानका विदेशमन्त्री, फ्रान्स वदेश मन्त्रालयका महासचिव नेपाल आउँदै

सारांश

  • काठमाडौं २५ पुस ।
  • जापानी विदेशमन्त्री तारो कोनो काठमाडौं ओर्लंदै छन्।
  • भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग इन्डो प्यासिफिक क्षेत्रबारे छलफल गरेर उनी आज अपराह्न काठमाडौं ओर्लिन लागेका हुन्।

काठमाडौं २५ पुस । जापानी विदेशमन्त्री तारो कोनो काठमाडौं ओर्लंदै छन्। भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग इन्डो प्यासिफिक क्षेत्रबारे छलफल गरेर उनी आज अपराह्न काठमाडौं ओर्लिन लागेका हुन्। मंगलबार सुरु भएको राइसेना डायलगमा समेत सहभागिता जनाएर नेपाल आउन लागेका हुन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापानको औपचारिक भ्रमण गरेको डेढ महिनापछि उनी नेपाल आउन लागेका हुन्।

उनको यो भ्रमण प्रधानमन्त्री केपी ओलीको जापान र जापानी समकक्षी सिन्जो आवेको नेपाल भ्रमणको तयारीका रूपमा हेरिएको छ। इन्डो प्यासिफिक क्षेत्रको विकासबारे अमेरिकाको साझेदारका रूपमा भारत, जापान र अस्ट्रेलिया छन्।

फ्रान्सको विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान पनि आज नै काठमाडौं ओर्लंदै छन्। मंगलबार नेपालका लागि चिनियाँ राजदूत हु यांकीले पनि परराष्ट्रमन्त्री ज्ञवालीसँग नेपाल चीन सम्बन्धबारे छलफल गरेकी छन्।

(https://www.udenar.edu.co/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?