नरेन्द्र मोदीको सपथमा प्रधानमन्त्री ओली पनि सहभागि हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
नरेन्द्र मोदीको सपथमा प्रधानमन्त्री ओली पनि सहभागि हुँदै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो कार्यकालका लागि भारतीय प्रधाानमन्त्रीमा निर्वा्चित नरेन्द्र मोदीको आगामी बिहीबार हुने शपथका लागि नयाँ दिल्ली जाने भएका छन् ।
  • बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुलाई निम्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता आएको र प्रधानमन्त्री ओली यसप्रति सकारात्मक देखिएको परराष्ट्रसचिव शंकरदास बैरागीले बताए ।
  • प्रधानमन्त्री ओली मे ३० का दिन बिहीबार काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने, बेलुका शपथमा सहभागी हुने र भोलिपल्ट राष्ट्रपति रामनाथ कोविंन्दलाई भेटेर नेपाल फर्कने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो कार्यकालका लागि भारतीय प्रधाानमन्त्रीमा निर्वा्चित नरेन्द्र मोदीको आगामी बिहीबार हुने शपथका लागि नयाँ दिल्ली जाने भएका छन् । बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुलाई निम्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता आएको र प्रधानमन्त्री ओली यसप्रति सकारात्मक देखिएको परराष्ट्रसचिव शंकरदास बैरागीले बताए ।

प्रधानमन्त्री ओली मे ३० का दिन बिहीबार काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने, बेलुका शपथमा सहभागी हुने र भोलिपल्ट राष्ट्रपति रामनाथ कोविंन्दलाई भेटेर नेपाल फर्कने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

भारतीय लोकसभा निर्वाचनको बिहीबार प्राप्त नतिजा अनुसार भाजपा एक्लैले ३०३ सिट र भाजपा गठबन्धनले ३५३ सिट प्राप्त गरेपछि नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा दोस्रोपटक शपथ लिदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?