आज प्रदेश ४ र ६ मा मुख्यमन्त्रीको सपथ, सातै प्रदेशमा मुख्यमन्त्रीको टुंगो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
|
४७ पटक हेरिएको
Shares
आज प्रदेश ४ र ६ मा मुख्यमन्त्रीको सपथ, सातै प्रदेशमा मुख्यमन्त्रीको टुंगो

सारांश

  • शिखरन्यूज, काठमाडौं, ४ फागुन – आज प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शपथ लिँदैछन् ।
  • संघीय संरचना अनुसार सबै प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।
  • प्रदेश नम्बर १, २ र ५ मा बिहीबार नै मुख्यमन्त्रीको शपथ र मन्त्रिपरिषद गठन भैसकेको छ ।

शिखरन्यूज, काठमाडौं, ४ फागुन – आज प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शपथ लिँदैछन् । संघीय संरचना अनुसार सबै प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।

प्रदेश नम्बर १, २ र ५ मा बिहीबार नै मुख्यमन्त्रीको शपथ र मन्त्रिपरिषद गठन भैसकेको छ । प्रदेश ३ मा पनि यसअघि नै सरकार गठन भैसकेको छ । प्रदेश नम्बर ४ का मुख्यमन्त्री गुरुङ र सभामुख नेत्रनाथ अधिकारीको शपथ आज सपथ हुन लागेको हो । मुख्यमन्त्रीको शपथपछि आज शुक्रबार प्रदेश ४ मा मन्त्रिपरिषदको गठन गर्ने तयारी रहेको छ ।

मन्त्रिमण्डल गठन भएपनि एमाले र माओवादीबीच मन्त्रालय बाँडफाँडमा कुरा मिल्न बाँकी छ । एमालेले ५ र माओवादीले २ मन्त्री लिने समझदारी बनिसकेपनि को को मन्त्रि हुने भन्ने बारे बाँकी रहेको नेताहरुले बताएका छन् ।

त्यसैगरी प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि आज शपथ लिँदैछन् । आज दिउसो ३ बजे मुख्यमन्त्रीको शपथ हुने प्रदेश कार्यालयले जानकारी दिएको छ । त्यसैगरी प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भने भोलि शनिबार शपथ लिने कार्यक्रम रहेको छ ।

प्रदेश नम्बर १ मा शेरधन राई, २ मा लालबाबु राउत, ३ मा डोरमणि पौडेल, ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ मा शंकर पोखरेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका छन् । स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावपछि संघीयतामा औपचारिक संरचनामै प्रवेश गरेको छ । नेपालका सातवटै प्रदेशले मुख्यमन्त्री पनि पाइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
धर्मशाला निर्माणका लागि रु तीन करोड चन्दा सङ्कलन
धर्मशाला निर्माणका लागि रु तीन करोड चन्दा सङ्कलन
बजेट कम हुँदा कार्यान्वयनमा समस्या : मन्त्री ज्वाला
बजेट कम हुँदा कार्यान्वयनमा समस्या : मन्त्री ज्वाला
तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
पिकप भ्यान र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु….
पिकप भ्यान र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु….
ब्लडमनी बुझाउन नसक्दा एक नेपालीले मृत्यु कुर्दै
कृषिमा लगानीको सम्भावनै सम्भावना
कृषिमा लगानीको सम्भावनै सम्भावना
नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय लाग्दैनः प्रधानमन्त्री ओली
नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय लाग्दैनः प्रधानमन्त्री ओली