आज यी राशीलाई शुभ हुने दिन छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २८, २०७६
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौती सामना गर्नुपर्ला ।
  • लेनदेनको कारणले विवाद आउने सम्भावना छ ।
  • विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँग आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आस मारेको फल प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदान सकिएको ११ दिनपछि मात्र मतगणना , कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?
मतदान सकिएको ११ दिनपछि मात्र मतगणना , कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?
झापाको क्याम्पामा नवीनले धुम मच्चाए।
झापाको क्याम्पामा नवीनले धुम मच्चाए।
राजीनामा दिन पुगेका महान्यायाधिवक्तालाई देउवाले फर्काए
राजीनामा दिन पुगेका महान्यायाधिवक्तालाई देउवाले फर्काए
काठमाडौँ महानगरपालिका वडा नं २ मा एमालेको प्यानल विजयी
काठमाडौँ महानगरपालिका वडा नं २ मा एमालेको प्यानल विजयी
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
एकसाथ चार एल्बम विमोचन पछि सांगीतिक कार्यक्रम
एकसाथ चार एल्बम विमोचन पछि सांगीतिक कार्यक्रम
संसद्को हिउँदे अधिवेशन ११ पुसबाट
संसद्को हिउँदे अधिवेशन ११ पुसबाट
कांग्रेसले सोमबारसम्म सबै उम्मेदवारको टुङ्गो लगाउने
कांग्रेसले सोमबारसम्म सबै उम्मेदवारको टुङ्गो लगाउने
योगी आदित्यनाथलाई भब्य स्वागत गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन
योगी आदित्यनाथलाई भब्य स्वागत गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन
विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र
विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र