इटहरीका मेयरले आफ्ना भनाई फिर्ता लिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
इटहरीका मेयरले आफ्ना भनाई फिर्ता लिए

सारांश

  • आफ्ना विवादित अभिव्यक्तिका कारण केहीदिनदेखि चर्चामा रहेको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् ।
  • आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले ‘आफ्नो अभिव्यक्तिले सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाइ आघात पर्न गएकोमा आफुद्वारा व्यक्त विचार र भनाई फिर्ता लिएको बताएका छन् ।
  • विज्ञप्तिनमा उनले आफु उदण्ड स्वभावकोे नभएको समेत उल्लेख गरेका छन् ।

आफ्ना विवादित अभिव्यक्तिका कारण केहीदिनदेखि चर्चामा रहेको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले ‘आफ्नो अभिव्यक्तिले सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाइ आघात पर्न गएकोमा आफुद्वारा व्यक्त विचार र भनाई फिर्ता लिएको बताएका छन् । विज्ञप्तिनमा उनले आफु उदण्ड स्वभावकोे नभएको समेत उल्लेख गरेका छन् ।

गत जेठ २१ गते इटहरीका एक जना पत्रकार फेसबुक र फोनमा आक्रोशपूर्ण ढंगले प्रस्तुत भएपछि आफू पनि आवेगमा आउँदा व्यक्त भएका भनाइहरुले पत्रकार र सिंगो सञ्चार जगतमा पर्न गएको आघात प्रति चौधरीले विज्ञप्तिमार्फत दुःख प्रकट गरेका छन् ।

सञ्चारक्षेत्रमा चोट पुर्याउने कुनै मनसाय नरहेको र प्रेस स्वतन्त्रता प्रति आफू प्रतिबद्ध रहेको पनि चौधरीले उल्लेख गरेका छन् । चौधरीले इटहरीको समृद्धि र विकासमा सञ्चारजगत सहित सबैको साथको आवश्यकता रहेको बताएका छन् । आफु भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको अभियानमा रहेको र यो अभियानमा सञ्चारक्षेत्रको रचनात्मक भूमिका अपरिहार्य रहेकाले सबैलाई सहयोग र सहकार्य राख्न अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?