राजपाका शीर्ष नेताद्वारा रेशम चौधरीलाई बेवास्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १२, २०७६
|
|
४३ पटक हेरिएको
Shares
राजपाका शीर्ष नेताद्वारा रेशम चौधरीलाई बेवास्ता

सारांश

  • काठमाडौं ।
  • कारागारको जीवन बिताईरहेका राजपा नेपालका केन्द्रिय सचिव एवम् निलम्बित सांसद रेशम चौधरीलाई आफ्नै पार्टीका शीर्ष नेताहरुले बेवास्ता गरेका छन् ।
  • विरामी भएर वीर अस्पतालमा उपचार गराईरहेका चौधरीलाई अहिलेसम्म भेट्नको लागि राजपाका शीर्ष नेताद्धय राजेन्द्र महतो र अनिल झामात्रै गएको बुझिएको छ ।

काठमाडौं । कारागारको जीवन बिताईरहेका राजपा नेपालका केन्द्रिय सचिव एवम् निलम्बित सांसद रेशम चौधरीलाई आफ्नै पार्टीका शीर्ष नेताहरुले बेवास्ता गरेका छन् । विरामी भएर वीर अस्पतालमा उपचार गराईरहेका चौधरीलाई अहिलेसम्म भेट्नको लागि राजपाका शीर्ष नेताद्धय राजेन्द्र महतो र अनिल झामात्रै गएको बुझिएको छ । चौधरीले आफ्नै पार्टीका नेताहरुले बेवास्ता गरेकोमा दुःखेसो पोखेका छन् ।चौधरीलाई अस्पतालमा भेट्न पुग्दा समाजवादी पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराईले खुट्टामा नेल लगाएर उपचार गराईरहेको तस्विर बाहिर ल्याएका थिए । बाबुरामकै कारण आफ्नो खुट्टामा लगाईएको नेल निकाल्न प्रहरी बाध्य भएको चौधरीले बताएका छन् । आफ्नो खुट्टामा नेल लगाउनको लागि प्रहरी निरिक्षक पुरुषोत्तम थपलियाको भूमिका रहेको चौधरीको भनाई छ ।

आफूलाई भेट्न अहिलेसम्म महन्थ ठाकुर, राजकिशोर यादव, शरदसिंह भण्डारी र महेन्द्र राय यादव कोही पनि भेट्न नआएको चौधरकिो गुनासो छ । बरु, समाजवादी पार्टी, नेपालका नेताहरु चौधरीलाई भेट्न पुगेका थिए ।चौधरीले आफू हरेक दृष्टिकोणले निर्दोष रहेको स्पष्ट पारेका छन् । उनले टिकापुर घट्नाबारे मिडियाले सत्य, तथ्य कुरा बाहिर ल्याउनको लागि भूमिका खेलिदिओस भन्ने आशा राखेका छन् । उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक रहेको छ । पछिल्लो समय उनको उच्च रक्तचाप नियन्त्रण भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रमझम गरेर र सडकमा नाचेर पर्यटक आउँदैनन्’ : डा. भट्टराई
रमझम गरेर र सडकमा नाचेर पर्यटक आउँदैनन्’ : डा. भट्टराई
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
ड्रमको पानीमा डुबेर बालकको ज्यान गयाे
ड्रमको पानीमा डुबेर बालकको ज्यान गयाे
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी
खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने
खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
सरकारको प्राथमिकतामा मानव संशोधन
सरकारको प्राथमिकतामा मानव संशोधन
श्रम तथा रोजगारमा देखिएका समस्या ७ दिनभित्र पेश गर्न मन्त्रीको निर्देशन
श्रम तथा रोजगारमा देखिएका समस्या ७ दिनभित्र पेश गर्न मन्त्रीको निर्देशन