कांग्रेसले संसदीय समितिमा भागण्डा खोजेपछि…
सारांश
- काठमाडौँ, १२ असार – नयाँ संरचना अनुसार संघीय संसदमा बन्ने विषयगत समितिहरुमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भागवण्डा खोजेपछि काम रोकिएको छ ।
- संसदीय समितिहरुमा भागबण्डा खोजेपछि कुनैपनि विषयगत समिति गठन हुन सकेका छैनन् ।
- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले समिति गठनका लागि नाम मागेपछि कांग्रेसले भागवण्डा खोजेको थियो ।
काठमाडौँ, १२ असार – नयाँ संरचना अनुसार संघीय संसदमा बन्ने विषयगत समितिहरुमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भागवण्डा खोजेपछि काम रोकिएको छ । संसदीय समितिहरुमा भागबण्डा खोजेपछि कुनैपनि विषयगत समिति गठन हुन सकेका छैनन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले समिति गठनका लागि नाम मागेपछि कांग्रेसले भागवण्डा खोजेको थियो । भागवण्डाको माग्दै कांग्रेसले सदस्यको नाम नदिने अडान राखेपछि कामै अघि बढ्न सकेन । राष्ट्रियसभाका चार र दुवै सदनबाट दुईवटा विषयगत समितिका लागि सांसदको नाम मागिएको थियो ।
आइतबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आफ्नो पार्टीबाट समिति सभापतिमा राख्नैपर्ने अडान राखेका थिए । उनले कांग्रेसलाई राष्ट्रियसभाका ४ वटा समितिमध्ये कुनै एक समितिको सभापति मागेका हुन् ।
राष्ट्रियसभामा दिगो विकास तथा व्यवस्थापन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय गरी ४ वटा विषयगत समिति छन् । हरेक समितिमा बढीमा १५ सदस्य रहनेगरी छन् । संयुक्त सदनमा १५-१५ सदस्यीय संसदीय सुनुवाई विशेष समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समिति लगायत गठन हुने व्यवस्था छ ।
प्रतिनिधिसभा, राष्ट्रियसभामा बन्न लागेका १६ वटा समितिमध्ये लेखा समितिको सभापति कांग्रेसलाई दिने तयारी सत्तापक्षले गरेको छ । लेखा समितिको सभापति विपक्षी दलबाट हुने व्यवस्था छ ।
प्रतिक्रिया