एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
१५ पटक हेरिएको
Shares
एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने

सारांश

  • पेरिस, ७ माघ  ।
  • बिमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए३२०नियो सिरिजका ६५ वटा बिमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ ।
  • उक्त बिमानको मूल्य ७ अर्ब ४७ करोड डलर रहेको छ ।

पेरिस, ७ माघ  । बिमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए३२०नियो सिरिजका ६५ वटा बिमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ । उक्त बिमानको मूल्य ७ अर्ब ४७ करोड डलर रहेको छ ।

डब्लिनस्थित उक्त एसएमबीएस कम्पनीले गतवर्ष ७१ थान एयरबस खरिद गरेको थियो । ठूलो संख्यामा बिमान खरिद गर्न लागेकाले बिक्री मूल्यमा कमी आउने कम्पनीले जनाएको छ ।

विश्वकै ठूलो बिमान खरिदबिक्री र लिजमा बिमान दिने एसएमबीसी कम्पनी जापानी कम्पनीहरुको साझेदारीमा स्थापना भएको हो ।

गत जनवरी ३ मा एयरबस कम्पनीले अमेरिकी एयरलाइन्स जेटब्लूलाई ११ अर्ब अमेरिकी डलरमा १२० थान ए२२०–३०० सिरिजका बिमानहरु बिक्री गर्न लागेको जनाएको थियो ।

विश्वका दुई ठूला बिमान कम्पनीहरु एयरबस र बोइङबीच विश्व बजारमा आधिपत्य रहँदै आएको छ । सन् २०१८ मा एयरबसले ८०० वटा व्यावसायिक बिमान बिक्री गरेको थियो भने बोइङले ८०६ वटा बिमान बिक्री गरेको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?