एसइई परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
एसइई परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन

सारांश

  • काठमाडौं, चैत ४ ।
  • यस वर्षको एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ।
  • चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन्।

काठमाडौं, चैत ४ । यस वर्षको एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ। चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन्। उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसइई परीक्षाका केन्द्राध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न परीक्षा केन्द्रमा आउने परीक्षार्र्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको छ।

परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ। अभिमुखीकरणमा सहभागिता जनाएका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष हेरम्बराज कँडेलले एसइई परीक्षामा कोरोना जोखिमबाट बच्च उच्च सतर्कता अपनाउन सरकारले निर्देशन दिएको बताए।

विगतमा केन्द्राध्यक्षहरुलाई एकै ठाउँमा राखेर अभिमुखीकरण तालिम दिने गरिएकोमा यसपटक भने कोरोना संक्रमणलाई ध्यानमा राखेर चार समूहमा विभाजन गरिएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूचनाको हकबारे जानेमा धेरै समस्या समाधान गर्न सकिने
सूचनाको हकबारे जानेमा धेरै समस्या समाधान गर्न सकिने
आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड
आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन
आज कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक हुँदै
आज कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक हुँदै
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही
अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु
अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु
मोहन वैद्यको देजमो पनि डा. गोविन्द केसीको पक्षमा
मोहन वैद्यको देजमो पनि डा. गोविन्द केसीको पक्षमा
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ७० रनमा आउट
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’

तपाईंले छुटाउनुभयो कि?