संसदको तेस्रो अधिवेशन आज अन्त्य हुने
सारांश
- काठमाडौं।
- संघीय संसदको चालु अविधेशन आइतबार अन्त्य हुने भएको छ।
- संसदको तेस्रो अधिवेशन पुस ११ बाट सुरु भएको थियो।
काठमाडौं। संघीय संसदको चालु अविधेशन आइतबार अन्त्य हुने भएको छ। संसदको तेस्रो अधिवेशन पुस ११ बाट सुरु भएको थियो।
राष्ट्रपति कार्यालयले संसद अधिवेशन अन्त्य सम्बन्धि पत्र संसद सचिवालयलाई पठाइसकेको छ। शितलनिवास स्रोतका अनुसार संसद अधिवेशन अन्त्य गर्ने सम्बन्धि पत्र बजे संसद सचिवालयलाई पठाइसकिएको छ।
संसदको यो अधिवेशनमा १६ वटा विधेयक पारित भएका छन्। यो अधिवेशनमा दुवै सदनमा ३९ वटा विधेयक दर्ता भएका थिए।
तर प्रतिनिधिसभाबाट १३ र राष्ट्रियसभाबाट तीन वटा विधेयक पारित भएका छन्। अधिवेशन अन्त्यसँगै करिव एक दर्जन सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण र संकल्प प्रस्ताव निस्कृय हुँदैछन्। संसद अधिवेशनले संविधानसँग बाँझिएका १५६ कानुन संशोधन गरेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया