पासाङ फेरि उपराष्ट्रपति बन्ने पक्का, यस्तो छ माओवादी केन्द्रको निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
३८ पटक हेरिएको
Shares
पासाङ फेरि उपराष्ट्रपति बन्ने पक्का, यस्तो छ माओवादी केन्द्रको निर्णय

सारांश

  • काठमाडौं, १ चैत ।
  • माओवादी जनयुद्धताका अनेकौं किंवदन्तीको पात्र बनेका र तत्कालीन जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन “पासाङ” फेरि मुलुकको दोस्रो उच्च ओहदाको उपराष्ट्रपति बन्ने पक्कापक्की भएको छ ।
  • बिहीवार अपरान्ह बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले उपराष्ट्रपतिमा पासाङलाई नै दोहोराउने औपचारिक निर्णय गरेको हो ।

काठमाडौं, १ चैत । माओवादी जनयुद्धताका अनेकौं किंवदन्तीको पात्र बनेका र तत्कालीन जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन “पासाङ” फेरि मुलुकको दोस्रो उच्च ओहदाको उपराष्ट्रपति बन्ने पक्कापक्की भएको छ । बिहीवार अपरान्ह बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले उपराष्ट्रपतिमा पासाङलाई नै दोहोराउने औपचारिक निर्णय गरेको हो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै पासाङको पनि कार्यकाल दोहोरिने चर्चा निकै चलेका थिए । यद्यपि माओवादी केन्द्रले भने औपचारिक निर्णय गरेको थिएन । वाम गठबन्धनको तर्फबाट पासाङको उम्मेदवारी हुने भएकाले उनी उपराष्ट्रपतिमा पुनः निर्वाचित हुने पक्कापक्की भइसकेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pathik Regmi

    वदाई छ कमरेड ल।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?